NIMB Header 2
Nepal Life

साञ्जेन जलविद्युतको विद्युत बिक्री आम्दानी ७७९ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमै १५ करोड नाफा

National Life
  • BFIS News
  • 2025 Nov 11 14:40
साञ्जेन जलविद्युतको विद्युत बिक्री आम्दानी ७७९ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमै १५ करोड नाफा
Sanima Reliance

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेड (SJCL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
NIMB

विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य रूपमा वृद्धि भएको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत बिक्रीमार्फत ५५ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ६ करोड ३४ लाख रुपैयाँ आम्दानीको तुलनामा ७७९.४५ प्रतिशतले बढी हो।

आम्दानी बढेसँगै कम्पनी नाफामा पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म ५ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ।

कम्पनीका अनुसार यस अवधिसम्म ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना र साञ्जेन माथिल्लो जलविद्युत आयोजना दुवैबाट नियमित रूपमा विद्युत उत्पादन भइरहेको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि दुबै आयोजनाबाट उत्पादित विद्युत सोही लाइनमार्फत प्रवाह भइरहेको र यसले विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार ल्याएको कम्पनीले वित्तीय विवरणमा जनाएको छ।

पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ५४ पैसा र मूल्य–आम्दानी अनुपात १६.१२ गुणा रहेको छ।

३ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको साञ्जेन जलविद्युतको जगेडा कोष भने ५२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया