NIMB Header 2
Nepal Life

बोस्च पावर टुल्सद्वारा दराज ११.११ अफर सार्वजनिक, १५ प्रतिशतसम्म छुट

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 11 14:50
बोस्च पावर टुल्सद्वारा दराज ११.११ अफर सार्वजनिक, १५ प्रतिशतसम्म छुट
National Life

काठमाडौं । बोस्च पावर टुल्सले दराज नेपालको वार्षिक ११.११ अभियानका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका नेपालस्थित आधिकारिक वितरक इन्फ्राटेक प्रालि मार्फत यो अफर सञ्चालन हुने भएको हो।

NIMB

यस अभियान अन्तर्गत पेशेवर, गृह निर्माण तथा डीआइवाई (Do It Yourself) रुचाउने ग्राहकहरूले १५ प्रतिशतसम्मको छुटसहित उच्च गुणस्तरका पावर टुल्स खरिद गर्न सक्नेछन्। नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजमार्फत उपलब्ध यो अफरले निर्माण, अटोमोबाइल र घर सुधारका लागि बोस्चका उत्पादनहरूको विस्तृत श्रृंखला प्रस्तुत गरेको छ।

यस अभियानमा सहभागी ग्राहकहरूका लागि ‘फास्टेस्ट फिङ्गर फर्स्ट अफर’ समेत आकर्षणको केन्द्र बनेको छ, जसअन्तर्गत रु २२,९०० मूल्यको प्रेसर वाशर केवल रु ११ मा प्राप्त गर्ने अवसर उपलब्ध हुनेछ।

अभियानमा समावेश प्रमुख उत्पादनहरूमा निम्न उपकरणहरू रहेका छन्–

  • बोस्च GWS 600: सानो र किफायती एङ्गल ग्राइन्डर, सटीक र साँघुरा ठाउँका कामका लागि उपयुक्त।

  • बोस्च GHG 16-50 हिट गन: सटीक तापक्रम नियन्त्रणका लागि विश्वासयोग्य र कुशल उपकरण।

  • बोस्च GSB 450 इम्प्याक्ट ड्रिल: सीमित ठाउँमा पनि प्रयोग गर्न मिल्ने सानो तर शक्तिशाली ड्रिल।

  • बोस्च GBH 2-23 REA रोटरी ह्यामर: धुलो कम हुने र दक्ष ड्रिलिङका लागि उपयुक्त उपकरण।

  • बोस्च GSB 13 RE ड्रिल किट सेट: विभिन्न कार्यका लागि बहुप्रयोगीय इम्प्याक्ट ड्रिल किट।

  • बोस्च GLM 40 लेजर रेंजफाइन्डर: छिटो र सटीक नापका लागि आधुनिक मापन उपकरण।

बोस्च पावर टुल्सले यो ११.११ अभियानमार्फत आफ्नो विश्वस्तरीय गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा थप सुदृढ बनाउँदै नेपालभरका ठूला निर्माण कम्पनीदेखि व्यक्तिगत कारीगरहरूसम्मका ग्राहकहरूलाई दक्षता र उत्पादकता बढाउन आवश्यक उपकरणहरू उपलब्ध गराउने जनाएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया