Nepal Life

कञ्चनपुरमा तेस्रो उद्योग तथा पर्यटन मेला सुरु

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 08:25
कञ्चनपुरमा तेस्रो उद्योग तथा पर्यटन मेला सुरु
National Life

कञ्चनपुर । कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा उद्योग तथा पर्यटन मेला मंगलबारदेखि सुरु भएको छ। शुक्लाफाँटा उद्योग वाणिज्य संघले मेलाको आयोजना गरेको हो।

Shikhar
NIMB

मेलाको मुख्य उद्देश्य सुदूरपश्चिम प्रदेशको स्थानीय अर्थतन्त्र सुदृढ बनाउने, आत्मनिर्भरता प्रवर्द्धन गर्ने र समृद्धिमा योगदान पुर्‍याउने रहेको संघका उपाध्यक्ष बसुदेव भण्डारीले जानकारी दिए। उनका अनुसार मेलाले प्रदेशको संस्कृति, पर्यटन र हस्तकला प्रचार–प्रसारमा पनि सहयोग पुर्‍याउनेछ।

दुई सातासम्म चल्ने मेलामा कृषिजन्य र औद्योगिक उत्पादन, फुड फेस्टिवल, कागजात प्रदर्शनी, बालबालिकाका खेल, सांस्कृतिक झाँकी तथा राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। आयोजकले मेलाबाट करिब ३९ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेका छन्।

मेला स्थलमा स्टल राख्ने व्यवसायीले निश्चित शुल्क तिर्नुपर्नेछ। मेला शुक्लाफाँटा नगरपालिका मुख्य प्रायोजक रहेको छ। मेलाको सफल आयोजनाका लागि १८१ सदस्यीय मूल समिति र ९ वटा विषयगत समिति गठन गरिएको आयोजकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया