बुधबारका लागि नेपाल राष्ट्र बैंकले तोक्यो विदेशी विनिमय दर
- BFIS News
- 2025 Nov 12 08:29
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिद दर १ सय ४१ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ०२ पैसा तोकिएको छ।
त्यस्तै, एक युरोपियन युरोको खरिद दर १ सय ६३ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ३७ पैसा, एक ब्रिटिश पाउन्ड स्टर्लिङको खरिद दर १ सय ८५ रुपैयाँ ८९ पैसा र बिक्री दर १ सय ८६ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, एक स्विस फ्र्याङ्कको खरिद दर १ सय ७६ रुपैयाँ ३७ पैसा र बिक्री दर १ सय ७७ रुपैयाँ १२ पैसा तोकिएको छ।
एक अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ २५ पैसा र बिक्री दर ९२ रुपैयाँ ६४ पैसा, एक क्यानाडियन डलरको खरिद दर १ सय रुपैयाँ ८० पैसा र बिक्री दर १ सय १ रुपैयाँ २३ पैसा, र एक सिंगापुर डलरको खरिद दर १ सय ८ रुपैयाँ ६३ पैसा तथा बिक्री दर १ सय ९ रुपैयाँ १० पैसा रहेको छ।
त्यस्तै, १० जापानी येनको खरिद दर ९ रुपैयाँ १७ पैसा र बिक्री दर ९ रुपैयाँ २१ पैसा, एक चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ८६ पैसा र बिक्री दर १९ रुपैयाँ ९५ पैसा, एक साउदी रियालको खरिद दर ३७ रुपैयाँ ७१ पैसा र बिक्री दर ३७ रुपैयाँ ८७ पैसा, र एक कतारी रियालको खरिद दर ३८ रुपैयाँ ८० पैसा तथा बिक्री दर ३८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार एक थाई बातको खरिद दर ४ रुपैयाँ ३७ पैसा र बिक्री दर ४ रुपैयाँ ३९ पैसा, एक यूएई दिर्हामको खरिद दर ३८ रुपैयाँ ५१ पैसा र बिक्री दर ३८ रुपैयाँ ६७ पैसा, एक मलेसियन रिङ्गिटको खरिद दर ३४ रुपैयाँ १७ पैसा र बिक्री दर ३४ रुपैयाँ ३१ पैसा रहेको छ।
त्यस्तै, एक दक्षिण कोरियाली वनको खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा, एक स्विडिस क्रोनरको खरिद दर १४ रुपैयाँ ९१ पैसा र बिक्री दर १४ रुपैयाँ ९७ पैसा, र एक डेनिस क्रोनरको खरिद दर २१ रुपैयाँ ९२ पैसा तथा बिक्री दर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ।
राष्ट्र बैंकले एक हङकङ डलरको खरिद दर १८ रुपैयाँ १९ पैसा र बिक्री दर १८ रुपैयाँ २७ पैसा, एक कुवेती दिनारको खरिद दर ४ सय ६० रुपैयाँ ४७ पैसा र बिक्री दर ४ सय ६२ रुपैयाँ ४३ पैसा, एक बहरेनी दिनारको खरिद दर ३ सय ७५ रुपैयाँ ०९ पैसा र बिक्री दर ३ सय ७६ रुपैयाँ ६९ पैसा तथा एक ओमानी रियालको खरिद दर ३ सय ६७ रुपैयाँ ३२ पैसा र बिक्री दर ३ सय ६८ रुपैयाँ ८८ पैसा तोकेको छ।
यसैगरी, १ सय भारतीय रुपैयाँको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpeg)






प्रतिक्रिया