Nepal Life

कुमारी बैंकद्वारा ‘ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट’ योजना सार्वजनिक, ‘एक खाता एक रुख’ अभियान सुरु

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 09:47
कुमारी बैंकद्वारा ‘ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट’ योजना सार्वजनिक, ‘एक खाता एक रुख’ अभियान सुरु
National Life

काठमाडौं । कुमारी बैंक लिमिटेड (KBL) ले दिगो विकासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यहरूलाई टेवा पुर्‍याउने उद्देश्यले “ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट” नामक नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ।

Shikhar
NIMB

“एक खाता, एक रुख” सिद्धान्तमा आधारित यस योजनाअन्तर्गत प्रत्येक नयाँ खाता खोल्दा बैंकले एक रुख रोप्ने जनाएको छ। यस माध्यमबाट निक्षेपकर्ताहरूले आफ्नो बचतमार्फत वातावरण संरक्षणमा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने अवसर पाउनेछन्।

बैंकका अनुसार यस खातामा साधारण बचत खाताभन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्रदान गरिनेछ। साथै, एक लाख रुपैयाँसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, र योग्यता अनुसार दुई लाख रुपैयाँसम्मको फोन लोन सुविधा पनि उपलब्ध हुनेछ।

कुमारी बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलका अनुसार यस योजनाबाट संकलित निक्षेप दिगो विकास र वातावरणमा सकारात्मक प्रभाव पार्ने क्षेत्रहरूमा लगानी गरिनेछ। “प्रत्येक खाता बापत रुख रोप्ने र दिगो क्षेत्रमा कर्जा प्रवाह गर्ने यो अभ्यासले वातावरण संरक्षणमा दोहोरो योगदान पुर्‍याउनेछ,” पौडेलले बताए।

बैंकले देशभरका आफ्ना सबै शाखाहरूमा यो योजना सुरु गरेको छ। इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन्।

२४ वर्षदेखि निरन्तर सेवा दिइरहेको कुमारी बैंकले ३०२ शाखा, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकहरूलाई सेवा दिइरहेको छ। बैंकले आगामी दिनमा पनि वित्तीय साक्षरता, दिगो विकास र उत्कृष्ट सेवा विस्तारका लागि निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया