Nepal Life

साना किसान विकास लघुवित्तको १५% लाभांश घोषणा, बोनस शेयर पछि चुक्ता पूँजी ४ अर्ब ९५ करोड

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 10:40
साना किसान विकास लघुवित्तको १५% लाभांश घोषणा, बोनस शेयर पछि चुक्ता पूँजी ४ अर्ब ९५ करोड
National Life

काठमाडौं, कात्तिक २६ – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Shikhar
NIMB

संस्थाको ७३औँ सञ्चालक समिति बैठकले कात्तिक २६ गते बसेर सो लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। संस्थाले रु. ४ अर्ब ३१ करोड चुक्ता पुँजीमा आधारित रही १४.२५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

हाल संस्थाको चुक्ता पूँजी ४ अर्ब ३१ करोड रहेको छ। प्रस्तावित लाभांश पछि संस्थाको चुक्ता पूँजी ४ अर्ब ९५ करोड पुग्नेछ।

यसअनुसार, १४.२५% बोनस सेयरको मूल्य रु. ६१.४५ करोड र ०.७५% नगद लाभांशको मूल्य रु. ३.२३ करोड गरी जम्मा रु. ६४.६८ करोड बराबरको लाभांश वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाको अनुमोदनपछि मात्र वितरण गरिनेछ।

हालको विवरणअनुसार, साना किसान विकास लघुवित्त (SKBBL) को अन्तिम कारोबार मूल्य (LTP) रु. ८५४.०० रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया