NIMB Header 2
Nepal Life

राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै

National Life
  • BFIS News
  • 2025 Nov 12 11:50
राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै
Sanima Reliance

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बुधवार) वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। दशैँ–तिहारपछि पनि बजारमा अधिक तरलता कायम रहँदा राष्ट्र बैंकले बोलकबोल मार्फत फेरि निक्षेप संकलन गर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

अहिले वित्तीय प्रणालीमा कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रण गर्न नियमित रूपमा निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाको प्रयोग गर्दै आएको छ।

बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले प्रस्ताव गरेको ब्याजदर अनुसार सबैभन्दा कम दर बोलाउने रकमलाई प्राथमिकता दिइनेछ र क्रमशः बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकका अनुसार, आजको बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत सञ्चालन हुनेछ र ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। बोलकबोल हुने निक्षेपको सावाँ तथा ब्याज २०८३ वैशाख २३ गते भुक्तानी हुनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड र अधिकतम रकम ५ करोडको भागफलमा सीमित हुनेछ।

केन्द्रिय बैंकको खुला बजार कारोबार कार्यविधिअनुसार, यदि वित्तीय बजारमा दीर्घकालीन तरलता अधिक देखिन्छ भने कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पटकपटक निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया