NIMB Header 2
Nepal Life

विराटनगर स्वास्थ्य क्षेत्रमा मोरङमा तेस्रो स्थानमा

National Life
  • BFIS News
  • 2025 Nov 12 15:49
विराटनगर स्वास्थ्य क्षेत्रमा मोरङमा तेस्रो स्थानमा
Sanima Reliance

रानी, कात्तिक २६  कोशी प्रदेशको एकमात्र महानगरपालिका विराटनगरले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्दै मोरङ जिल्लास्थरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा २०७८–८२ अनुसार १७ पालिकामध्ये तेस्रो स्थानमा स्थान बनाउन सफल भएको छ।

Shikhar
NIMB

अघिल्लो आर्थिक वर्षमा विराटनगर पाँचौं स्थानमा रहेको थियो। स्वास्थ्य महाशाखाका प्रमुख डा. दिलीपकुमार यादवका अनुसार, पछिल्लो ६ महिनामा गरिएको कार्य प्रगतिका कारण महानगरले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। “अघिल्लो वर्षभन्दा हामी निकै सुधार भएको अवस्था छौं। यदि अझ मेहनत गर्यौं भने पहिलो स्थान पनि प्राप्त गर्न सक्छौं,” डा. यादवले बताउनुभयो।

जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार, विराटनगरले स्वास्थ्यका ४८ वटा विभिन्न सूचकअन्तर्गत मूल्याङ्कनमा उत्कृष्ट प्रदर्शन गर्दै स्थान हासिल गरेको हो। कार्कीले चालु आर्थिक वर्षमा पहिलो स्थानमा पुग्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो।

महानगरपालिकाको कुशल नेतृत्व र टिमवर्कले स्वास्थ्य सेवामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया