NIMB Header 2
Nepal Life

मुस्ताङ: जाडो छल्न माथिल्लो मुस्ताङका विद्यालय बेँसीमा स्थानान्तरण

National Life
  • BFIS News
  • 2025 Nov 12 15:58
मुस्ताङ: जाडो छल्न माथिल्लो मुस्ताङका विद्यालय बेँसीमा स्थानान्तरण
Sanima Reliance

 मुस्ताङ, कात्तिक २६ उत्तरी चीनसँग सिमाना जोडिएको माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थानान्तरण गरिएको छ। भारी हिमपात र अत्यधिक चिसोको जोखिमका कारण लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरू पोखरा र वरिपरि अन्य स्थानमा घुम्ती कक्षा सञ्चालन गर्दै आएका छन्।

Shikhar
NIMB

लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार धार्मिक गुम्बा विद्यालय सञ्चालनमा छन्। प्रशासन प्रमुख विकास केशीका अनुसार, छोन्हुप झिन्जु आधारभूत विद्यालयका ५०, राष्ट्रिय आधारभूतका २० र दिव्यदीप माध्यमिक विद्यालयका ६२ विद्यार्थीलाई विभिन्न स्थानमा घुम्ती कक्षामा पठाइएको छ।

दिव्यदीप माध्यमिक विद्यालयको कक्षा पोखरास्थित निजी भवनमा र छोन्हुप झिन्जुको कक्षा हेम्जास्थित आफ्नै भवनमा सञ्चालन गरिएको छ। यसैगरी राष्ट्रिय आधारभूतका विद्यार्थीलाई पोखरा लेखनाथस्थित तालचोक–किमबेँसीमा स्थानान्तरण गरिएको छ।

माथिल्लो मुस्ताङका धार्मिक गुम्बा विद्यालयहरू पनि आफ्नै खर्चमा घुम्ती कक्षा सञ्चालन गरिरहेका छन्। हिउँदैमा साविक स्थानमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरू चिसो, रुघाखोकी र हिमपातको जोखिममा पर्ने भएकाले घुम्ती विद्यालयको परम्परा रहँदै आएको छ।

सङ्घीय सरकारले घुम्ती विद्यालय सञ्चालनका लागि प्रतिविद्यालय रु ३ लाख ५० हजार अनुदान उपलब्ध गराउने गरेको छ। साथै, हिमाली आवासीय छात्रावास अनुदानमार्फत कक्षा ४ देखि माथिका विद्यार्थीलाई जनही रु ५ हजार र गाउँपालिकाले तल्ला कक्षाका विद्यार्थीलाई मासिक रु ४ हजार अनुदान दिने गरेको प्रशासन प्रमुख केशीले जानकारी दिनुभयो।

लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका तीन सामुदायिक र दुई गुम्बा विद्यालय पनि कात्तिक १० गतेदेखि पोखराका विभिन्न स्थानमा जाडो छल्न स्थानान्तरण गरिएको छ। शिक्षा शाखा अधिकृत प्रचण्ड न्यौपानेका अनुसार, चराङ आधारभूतका १६, घमी आधारभूतका ५६ र जनज्योति आधारभूतका ८४ विद्यार्थी घुम्ती कक्षामा सहभागी छन्।

वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय भने हिउँदको पुस–माघमा बिदा दिने गरिन्छ र फागुनको पहिलो सातादेखि पुनः सञ्चालन हुन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया