Nepal Life

जनकपुरधाममा मुख्यमन्त्री नियुक्ति विरोध प्रदर्शनमा झडप, कैयौं घाइते

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 16:06
जनकपुरधाममा मुख्यमन्त्री नियुक्ति विरोध प्रदर्शनमा झडप, कैयौं घाइते
National Life

जनकपुरधाम, कात्तिक २५  मधेश प्रदेशमा मुख्यमन्त्रीको नियुक्ति विरोध गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। भडपमा कैयौं व्यक्ति घाइते भएका छन्।

Shikhar
NIMB

जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवका अनुसार घाइतेमध्ये ज्ञानेन्द्र झा, रामविनोद चौधरी र विरेन्द्र यादव गम्भीर घाइते भएका छन्। घटनामा नागरिक दैनिकका पत्रकार सुरेन्द्र यादव पनि घाइते भएका छन्। घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ।

घाइतेहरूको अवस्था बुझ्न प्रादेशिक अस्पताल पुगेका निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) र जसपा नेता रामअशिष यादवले घटनाको निन्दा गर्दै, शान्तिपूर्ण धर्नामा रहेका नेता–कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले भने, आन्दोलनकारीहरूले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया