Nepal Life

गाजामा भारी वर्षापछि हजारौँ विस्थापित परिवार प्रभावित, राहत कार्य अवरुद्ध

NMB Bank
  • BFIS News
  • 2025 Nov 15 20:28
गाजामा भारी वर्षापछि हजारौँ विस्थापित परिवार प्रभावित, राहत कार्य अवरुद्ध
National Life

संयुक्त राष्ट्र, कात्तिक २९ गते । गाजामा शुक्रबार परेको लगातार भारी वर्षापछि हजारौं विस्थापित परिवारहरु प्रभावित भएका छन्। संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालय (OCHA) ले तत्कालीन राहतका लागि छिटो प्रतिक्रिया टोली परिचालन गरिएको जनाएको छ।

Shikhar
NIMB

वर्षाका कारण विस्थापित परिवारको व्यक्तिगत सामग्री नष्ट भएको छ भने धेरै जना खुला आकाशमुनि जाडो मौसमसँग जुध्न बाध्य भएका छन्। यसले विशेषगरी वृद्ध, अशक्त, बालबालिका र अन्य संवेदनशील समूहको स्वास्थ्य तथा सुरक्षामा गम्भीर जोखिम बढाएको मानवीय संस्था‍हरूले बताएका छन्।

राहत कार्यमा संलग्न संस्थाहरूका अनुसार बाढी नियन्त्रणका उपकरण अभावका कारण उद्धार र व्यवस्थापनमा कठिनाइ आएको छ। पानी निकाल्ने, फोहोर हटाउने तथा भग्नावशेष व्यवस्थापन गर्ने साधन नहुँदा धेरै राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउन चुनौती थपिएको छ।

यसैबीच, लाखौं आवश्यक राहत सामग्री अन्य देशहरूमा रोकिएको र गाजामा प्रवेशका लागि अनुमति पर्खिनुपर्ने अवस्था सिर्जना भएको छ। युद्धविरामपछि धेरै राहत आपूर्तिका प्रयास अस्वीकृत भएको बताइन्छ।

राहत साझेदारहरूले डेर अल–बालाह र खान युनिस क्षेत्रमा हजारौं टेन्ट, कम्बल, टारपोलिन र जाडोका सामान वितरण गरिरहेका छन्।

मानवीय टोलीका अनुसार हालको परिस्थितिले विस्थापितहरूलाई विस्फोटक अवशेषको जोखिममा राखिरहेको छ। केही बालबालिका इन्धन संकलन गर्ने क्रममा घाइते भएका छन् भने सुरक्षित स्थानको अभावमा धेरै परिवारहरू जोखिमपूर्ण क्षेत्रमा टेन्ट राख्न बाध्य भएका छन्।

विस्फोटक पदार्थ निष्क्रियकरणमा संलग्न टोलीले आवश्यक उपकरण उपलब्ध भएसँगै थप राहत तथा सुरक्षा कार्य प्रभावकारी रूपमा अघि बढाउन सकिने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया