NIMB Header 2
Nepal Life

धनुषामा वडाध्यक्षमाथि अज्ञात समुहले गोली प्रहार गरी हत्या

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 15 20:34
धनुषामा वडाध्यक्षमाथि अज्ञात समुहले  गोली प्रहार गरी हत्या
Everest Bank

ढल्केवर, कात्तिक २९ गते । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ। शुक्रबार साँझ करिब ६ बजे घर नजिकैको सडकमा उहाँमाथि गोली प्रहार भएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

Shikhar
NIMB

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई जनाले नजिकैबाट गोली प्रहार गरेका थिए। प्रहारपछि ती व्यक्तिहरू घटनास्थलबाट फरार भएको बताइएको छ।

धनुषा प्रहरी प्रवक्ता लोकेन्द्र बमका अनुसार, गोली लागेर गम्भीर घाइते भएका वडाध्यक्ष यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो। तर, उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ। यस घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई हतियारसहित पक्राउ गरेको जनाइएको छ।

वडाध्यक्ष यादव २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै विजयी भएका थिए। सामाजिक काममा सक्रिय व्यक्तित्वका रूपमा परिचित उहाँमाथि भएको घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको र अपराधीको खोजी तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया