Nepal Life

आम्दानी घटेपछि नेपाल टेलिकमको नाफा पनि कम

NMB Bank
  • BFIS News
  • 2025 Nov 17 13:00
आम्दानी घटेपछि नेपाल टेलिकमको नाफा पनि कम
National Life

काठमाडौं। नेपाल टेलिकम लिमिटेड (एनटीसी) ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
NIMB

सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जो गत आर्थिक वर्षको पहिलो त्रैमासमा रहेको १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँको तुलनामा २३.८२ प्रतिशतले कम हो।

टोमेको नाफामा गिरावट मुख्यतः आम्दानीमा आएको कमीका कारण भएको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ०.०१ प्रतिशतले घटेको छ भने वित्तीय आम्दानी ४८.९९ प्रतिशतले घट्दै समग्र कुल आम्दानी ५.८९ प्रतिशतले कमिएको विवरणमा उल्लेख छ।

नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा ईपीएस ९ रुपैयाँ २१ पैसा घटेर २९ रुपैयाँ ४५ पैसा पुगेको छ। असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ५०५ रुपैयाँ ७५ पैसा र मूल्य–आम्दानी अनुपात २८.७२ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया