NIMB Header 2
Nepal Life

नेपाल एयरलाइन्सले अब डाइभर्ट फ्लाइट भैरहवामा अवतरण गराउने

National Life
  • BFIS News
  • 2025 Nov 17 23:25
नेपाल एयरलाइन्सले अब डाइभर्ट फ्लाइट भैरहवामा अवतरण गराउने
Sanima Reliance

काठमाडौँ, मङ्सिर १ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अबदेखि आफ्नो जहाज डाइभर्ट हुनुपर्ने अवस्थाहरूमा भारतका विमानस्थलको सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक (अल्टरनेटिव) विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ

Shikhar
NIMB

निगमका अनुसार, नयाँ व्यवस्था मङ्सिर ३ गतेदेखि लागू हुने छ  हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा मौसम, भीडभाड वा अन्य कारणले अवतरण असम्भव हुँदा जहाज भारततर्फ डाइभर्ट हुँदै आएको थियो। तर अब भैरहवा प्रयोग गर्न थालेपछि उल्लेखनीय खर्च बचत, उडान समयमा कमी तथा सञ्चालनमा थप सहजता हुने विश्वास निगमले व्यक्त गरेको छ।

निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार, भैरहवाका अतिरिक्त पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत सम्भावित वैकल्पिक विमानस्थलका रूपमा अध्ययन गर्ने प्रक्रिया सुरु गरिएको छ।

निगमले उडान सुरक्षालाई उच्च प्राथमिकता दिँदै आवश्यक प्राविधिक मूल्यांकन र आन्तरिक तयारी छिट्टै अघि बढाइने जनाएको छ। निगमका अनुसार, वैकल्पिक विमानस्थल विस्तारको यो कदमले नियमित उडानको विश्वसनीयता वृद्धि गर्नका साथै आपतकालीन स्थितिको प्रभावकारी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया