Nepal Life

हिंसा उक्साउने अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईँ पक्राउ

NMB Bank
  • BFIS News
  • 2025 Nov 18 07:57
हिंसा उक्साउने अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईँ पक्राउ
National Life

काठमाडौं । अभिव्यक्तिमार्फत हिंसा भड्काउन र अराजक गतिविधि प्रोत्साहित गर्न खोजेको आरोपमा दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ।

Shikhar
NIMB

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरात भक्तपुरस्थित उनको निवासबाट प्रसाईँलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घरभित्र प्रवेश गरी कानुनी प्रक्रिया पूरा गर्दै प्रसाईँलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइएको छ। उनीमाथि सामाजिक सद्भाव भड्काउने तथा अराजक वातावरण सिर्जना गर्न सक्ने अभिव्यक्ति दिएको अभियोग लगाइएको प्रहरी स्रोतले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया