Nepal Life

लाभांश प्रस्ताव पारित गर्न ङादी ग्रुप पावरले बोलायो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2025 Nov 19 10:25
लाभांश प्रस्ताव पारित गर्न ङादी ग्रुप पावरले बोलायो साधारण सभा
National Life

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

कम्पनीले मंसिर २५ गते, बिहीबार, काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा साधारण सभा आयोजना गर्ने जनाएको छ। सभा बिहान ९ः३० बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र बोनस कर तिर्नका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने तथा आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य एजेन्डामा पनि निर्णय गरिनेछ।

साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले मंसिर १४ गते बुकक्लोज मिति तोकेको छ। सोअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया