ऋणपत्र परिपक्वतासँगै सिद्धार्थ बैंकको दीर्घकालीन प्रतिफल सुनिश्चित, अध्यक्ष राहुल अग्रवालको विचार
- राहुल अग्रवाल
- 2025 Nov 20 15:09
काठमाडौं। आफ्नो बैंकिङ यात्राको दुई दशक अधिकको यात्रा पार गरी बैंक तेईसौं वर्षमा सञ्चालनमा रहेको छ । बैंक उत्कृष्ट कार्यसम्पादन, सही दिशानिर्देश तथा रणनीतिको साथ अगाडी बढिरहेको हुँदा बैंकले वित्तीय परिसूचकहरुमा आफ्नो स्थान निरन्तर रूपमा सुदृढ गर्दै आफूलाई एउटा सबल एवं विश्वसनीय बैंकको रूपमा स्थापित गराउन सफल हुँदै आएको छ । व्यवसायिक रणनीति एवं नयाँ कार्ययोजनाहरु कार्यान्वयन गर्दै हामी यस बैंकलाई अझ सुदृढ बनाई अग्रपंक्तिमा पुयाउन प्रयत्नरत छौं। यसका लागि आ-आफ्नो ठाँउबाट महत्त्वपूर्ण योगदान पुऱ्याउनु हुने सम्पूर्ण संस्थापक, संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व सञ्चालक, विद्यमान सञ्चालक, शेयरधनी महानुभावहरु, ग्राहकवर्ग, नियामक निकाय, बैंकको व्यवस्थापन तथा कर्मचारीवर्ग, शुभेच्छुक तथा अन्य सम्बद्ध सम्पूर्ण समक्ष हार्दिक आभार व्यक्त गर्दछु।
आर्थिक वर्ष २०८१/८२ मा बैंकले आफ्नो निक्षेप, कर्जा, लगानी लगायतका क्षेत्रमा सन्तुलित प्रगति गरेको छ । समीक्षा अवधीमा बैंकको चुक्ता पूँजी रू १४.०९ अर्ब रहेको छ। देशको शिथिल अर्थतन्त्र एवं विषम परिस्थितिमा पनि बैंकले आर्थिक वर्ष २०८१/८२ मा रू. ३ अर्ब ३७ करोड खुद नाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट रू. १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि ऋणपत्र भुक्तानी कोष सहित अन्य विभिन्न वैधानिक जगेडा कोष तथा नियमनकारी कोषमा रकम विनियोजन गरे पश्चात् बाँकि रहेको वितरणयोग्य मुनाफाबाट रू. १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९ सय पन्ध्र बराबरको अर्थात ५०० प्रतिशत बोनस शेयर र ५५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव साधारण सभा समक्ष स्वीकृतिको लागि पेश गरेको छ ।
यसरी ऋणपत्र भुक्तानी कोषमा रू. १ अर्ब ४६ करोड विनियोजित रकम ऋणपत्र परिपक्व भए पछि शेयरधनीहरुलाई नै वितरण गरिन्छ । पूँजीकोष निर्माण प्रयोजनार्थ बैंकले विभिन्न मितिहरुमा जारी गरेका यस्ता ऋणपत्रहरु आ.व. २०८२८३ बाट परिपक्व हुन प्रारम्भ हुनेछ । आ.व. २०८२।८३ मा रू २.१६ अर्ब, आ.व. २०८३।८४ मा रू. २.५ अर्ब र आ.व. २०८४।८५ मा रू ३ अर्ब परिपक्व हुने हुँदा आ.व. २०८२८३ बाट बैंकको लाभांश क्षमतामा उल्लेख्य वृद्धि हुनेछ । यसरी ऋणपत्र भुक्तानी कोषमा विनियोजित रकमबाट मात्रै कम्तीमा १५% हाराहारीको बोनस शेयर लाभांश बाँड्न सक्ने क्षमताको निर्माण हुन्छ । यसका अतिरिक्त बैंकले नियमित आर्जन गर्ने प्रत्येक वर्षको खुद मुनाफाबाट सिर्जित लाभांश समेत जोड्दा बैंकले आकर्षक प्रतिफल दिने निश्चित प्राय छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप रू. २४४.९१ अर्बबाट वृद्धि भई रू. २८३.४१ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा १५७२% प्रतिशतको वृद्धि हो ।
सोही अवधिमा बैंकको कर्जा रू. २०३.५४ अर्बबाट वृद्धि भई रू २२५५४ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा १०.८१% प्रतिशतको वृद्धि हो । बैंकको लगानी रु ७१.३७ अर्बबाट वृद्धि भई रू ८४.१८ अर्ब पुगेको छ, जुन गत आवको तुलनामा करिब १७९५% प्रतिशतको वृद्धि हो। यसैगरी समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति रू. २९७.३४ अर्बबाट वृद्धि भई रू ३३८८१ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब १३.९५ प्रतिशतको वृद्धि हो ।
समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी रू २५७१ अर्बबाट संकुचन भई रू. २२.३१ अर्ब पुगेको छ, जुन गत आवको तुलनामा करिब १३.२४ प्रतिशतको संकुचन हो। त्यस्तै, उक्त अवधिमा बैंकको ब्याज खर्च रू १७७९ अर्बबाट संकुचन भई करिब रू. १३.८७ अर्ब पुगेको छ, यसरी ब्याज आम्दनीभन्दा ब्याज खर्चमा भएको संकुचन बढि हुनाले खुद ब्याज आम्दानी रू ७९३ अर्बबाट वृद्धि भई रू. ८.४४ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा ६.४३ प्रतिशतको वृद्धि हो ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा रू ४.४८ अर्बबाट वृद्धि भई रू. ४.९७ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा १०.९३ प्रतिशतको वृद्धि हो । सोही अवधिमा बैंकको खुद नाफा रू. ३.०८ अर्बबाट वृद्धि भई रू. ३.३७ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा ९.३० प्रतिशतको वृद्धि हो । खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफामा समेत वृद्धि आएको हो ।
समीक्षा अवधिमा बैंकको नेटवर्थ प्रति शेयर रू. २१९७७ रहेको छ, जुन गत आ.व.मा रू. १९९.२१ थियो । यो गत आ.व.को तुलनामा १०.३२ प्रतिशतको वृद्धि हो । समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी रू. २३.८९ रहेको छ, जुन गत आ.व. मा रू. २१८६ थियो । यो गत आ.व.को तुलनामा ९.३० प्रतिशतको वृद्धि हो ।
बैंकले गत आव. मा रू. ७६.६५ लाख बराबरको कर्जा अपलेखन गरेकोमा समीक्षा अवधिमा कुल रू २४.३१ लाख बराबरको कर्जा अपलेखन गरेको छ । बैंकले अपलेखित कर्जा असुली प्रक्रियालाई निरन्तर चालु राखेको छ ।
समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात २.६२ प्रतिशत रहेको छ, जुन गत आ.व. मा २.१७ प्रतिशत रहेको थियो । प्रतिकुल बजार अवस्थाका बावजुद पनि बैंकले निष्कृय कर्जालाई २.६२ प्रतिशतमा सिमित गर्न सफल भएको छ । निष्कृय कर्जा बापत पन्याप्त मात्रामा जोखिम व्यवस्था गर्नुका साथै निष्कृय कर्जा असुलीका लागि बैंकले सक्रिय रूपमा कार्य गरिरहेको छ ।
जटिल समष्टिगत आर्थिक वातावरणका चुनौतीहरुका बाबजुद, हामीले दिगो वृद्धिका लागि डिजिटल-प्रथम बैंक बन्ने साझा दृष्टिकोणतर्फ निरन्तर प्रगती हासिल गरेका छौ र हाम्रो डिजिटल स्पान्तरण यात्राले उल्लेखनीय गति लिएको छ। समीक्षा वर्षमा हामीले ३४ वटा Robotic Process Automation (RPA) पहलहरु सफलतापूर्वक कार्यान्वयन गयौ जसले प्रमुख सञ्चालन क्षेत्रहरुमा कार्यक्षमता सुधार र प्रक्रिया सुगमता र सरलीकरणमा सहयोग पुयाएको छ । साथै, धितो कागजात र धितो निरिक्षणलाई डिजिटाइज गर्न धितो व्यवस्थापन प्रणाली; सम्पूर्ण लेखापरिक्षण प्रक्रियालाई डिजिटाइज गर्न लेखापरीक्षण व्यवस्थापन प्रणाली; कर्जा असुलीको पुनःअनुसरण (Follow-Up) र वास्तविक समयमै अनुगमन गर्न कर्जा असुली एपलिकेसन; मानव पूँजीको कार्यक्षमता सुधार गर्न मानवपूँजी व्यवस्थापन प्रणालीको कार्यान्वयन र बजेट तयारी प्रक्रिया र बजेट अनुगमन गर्न बजेट व्यवस्थापन प्रणाली जस्ता प्रमुख प्रणालीहरु सफलतापूर्वक लागू गर्दै बैंकका प्रमुख प्रक्रियाहरु डिजिटाइज गरी बैंकको समग्र सञ्चालन प्रभावकारिता र कार्यक्षमतामा उल्लेखनीय रूपमा सुधार गरेका छौं। साथै, हामीले तथ्याङ्कको महत्त्व बुझि पावर बिजनेस इन्टेलिजेन्सको प्रयोगद्वारा प्रगतीशील सम्प्रेसण एवं तथ्याङ्कमा आधारित निर्णय क्षमता बढाउँदै समग्र बैंकिङ प्रक्रियामा दक्षता अभिवृद्धि गर्न कृत्रिम बुद्धिमताको प्रयोगको सम्भावना उजागर गर्दै आएका छौं ।
डिजिटल माध्यममा समेत थप परिष्कृत सेवा प्रदान गर्दै ग्राहकलाई स्मरणीय र आनन्दमय अनुभव प्रदान गर्ने हाम्रो लक्ष्यलाई अघि बढाउँदै, हामीले EasyBank प्लेटफर्ममा १६ नयाँ सेवा थप्न सफल भएका छौ जसले शाखामा उपस्थित नभई डिजिटल माध्यमबाट सेवा प्राप्त गर्न सकिने बनाएको छ । त्यस्तै, सञ्चालन क्षमता बढाउन हामीले Siddhartha Automated Transaction System (SATS) मा १९ नयाँ सेवा थप गरेका छौ । हामीले सीमापार भुक्तानी Enable गरी NCHL सँगको सहकार्यमा NCHL Gateway को सुरूवात गौ, जसले हाम्रो डिजिटल सेवालाई थप सक्षम बनाई साँचो रूपमा डिजिटल प्रथम बैंक बन्ने हाम्रो दृष्टिकोणलाई साथ दिएको छ ।
आगामी दिनहरुमा, हामी व्यापार सञ्चालन (Trade Operations) लाई स्वचालित गर्न व्यापक Trade Management Solution, प्रयोगकर्ताको अनुभव थप परिष्कृत गर्न Next-Gen Digital Mobile Banking System, र सेवा वितरण र सञ्चालन क्षमता सुधार गर्न Advanced Credit Card Management System लगायतका रुपान्तरणकारी प्रणालीहरु लागूगर्न उत्साहित छौ ।
हामीले आनन्दमय ग्राहक अनुभव हाम्रो प्रयासको केन्द्रमा राखेका छौ । हाम्रो BankSmart XP मोबाइल एपले Google Play Store/Apple App Store मा लगाताररूपमा उच्च मूल्याङ्कन प्राप्त गरिरहेको छ जसले हाम्रा सेवासुविधाप्रतिको ग्राहक सन्तुष्टि प्रतिविम्बीत गर्दछ । हामीले Contact Center लाई २४x७ मोडेलमा रुपान्तरण गर्दै ग्राहकको लागि अविच्छिन्न सहयोग र सेवा सुनिश्चित गर्दै वास्तविक समयमानै ग्राहक सन्तुष्टि मापन गर्न सम्पूर्ण शाखाहरुमा QR आधारित Feedback System को कार्यान्यन गरेका छौ ।
समीक्षा वर्षमा हाम्रो ब्रान्ड दृश्यता (Brand Visibility) पनि उल्लेखनीय रुपमा बढाउन सफल भएका छौं। यस बैंक क्रिकेट संघ नेपाल (CAN) द्वारा आयोजना गरिएको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष) को लागि मुख्य प्रायोजकको रूपमा आवद्ध भई प्रथम संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अपार सफलताका साथ सम्पन्न भएको छ । जसले हाम्रो राष्ट्रिय ब्रान्ड उपस्थिति बढाएको छ । यस्ता प्रतियोगिताले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्ने, नेपाल क्रिकेट जगतलाई थप उचाईमा पुऱ्याउन र देशको आर्थिक र सामाजिक विकासमा योगदान पुऱ्याउन मद्दत पुग्नेछ भन्ने विश्वास हामीले लिएका छौ । सो अवसरमा, हामीले सिद्धार्थ प्लाटिनम क्रेडिट कार्डको पनि सुरूवात समेत गर्यो, जसमा एयरपोर्ट लाउन्ज पहुँच र विशेष छुटहरु उपलब्ध छन् ।
संस्थागत सुशासनमा प्रतिवद्ध यस बैंकले जोखिम व्यवस्थापन र अनुपालन संरचना सुदृढ गर्न पनि ध्यान केन्द्रित गर्दै आईरहेको छ। समीक्षा वर्षमा हामीले नियामक मापदण्ड, जोखिम व्यवस्थापन अभ्यासहरु र बजार यथार्थसँग समायोजन गर्दै कर्जा नीतिको पुनरावलोकन गरेका छौं। यसैगरी, नेपाल FATF ग्रेलिस्टमा परेपछि हामीले परिष्कृत KYC/AML Software को कार्यान्वयनबाट हाम्रा अनुपालन मानकहरुलाई थप सबल बनाई बैंकलाई वित्तीय अपराधको जोखिमबाट जोगाउन अनुपालन प्रणालीलाई थप सुदृढ बनाएका छौं । यसैगरी, NFRS 9 अन्तर्गत Expected Credit Loss (ECL) विधिको कार्यान्वयनले हाम्रो जोखिम व्यवस्थापनलाई अझ सशक्त बनाएको छ । यसले हामीलाई सम्भावित कर्जा नोक्सानीलाई प्रारम्भमै पहिचान गरी कर्जा जोखिम व्यवस्थापनतर्फ प्रगतीशील दृष्टिकोण अपनाउन सक्षम बनाउनेछ र हाम्रो कर्जा नोक्सानी व्यवस्थाको शुद्धता कायम गर्ने र हाम्रो वित्तीय स्थितीको सुदृढता बढाउँछ । साथै, हामीले आगामी वर्षमा Early Warning System Internal Credit Rating System जस्ता प्रणालीहरु पनि लागू गर्न गईरहेका छौ। जसले जोखिम पहिचान, निगरानी र सकृय रूपमा जोखिम न्यूनीकरण गर्न हाम्रो क्षमता थप सुदृढ गर्दै जिम्मेवार रूपमा दिगो वृद्धि प्रवर्द्धन जारी राख्न सहयोग गर्नेछ ।
समीक्षा वर्षमा हाम्रो रणनीतिक साझेदारीहरु पनि थप सशक्त बनेका छन । International Finance Corporation (IFC) सँगको हाम्रो जारी सहकार्यले जोखिम व्यवस्थापन, लैगिक वित्त, डिजिटल वित्त, र जलवायु वित्तमा सकरात्मक प्रभाव पारेको छ । लगानीकर्ता Swedfund र Finnfund को 2X Criteria अन्तर्गतको आवश्यकताहरु पूरा गरी बैंक 2X Investee बन्न सफल भएको छ जसले लैगिक वित्त र प्रभाव वित्तमा हाम्रो प्रतिबद्धता व्यक्त गर्दछ । साथै, हाम्रो दिगोवृद्धि दृष्टिकोणसँग मेल गर्दै Swedfund सँग जलवायु सल्लाह सहयोगका लागि प्राविधिक परामर्श सम्झौता समेत गरेका छौ ।
बैंक दिगो विकास र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छ र यसै अनुरूप बैंकले वातावरणीय, सामाजिक र सुशासन व्यवस्थापनलाई आफ्नो पञ्चवर्षीय रणनीतिको एक महत्त्वपूर्ण स्तम्भको रूपमा स्थापित गरेको छ । साथै Partnership for Carbon Accounting Financials (PCAF) को सदस्यता लिई बैंकले आफ्ना ऋणीहरुबाट हुने कार्बन उत्सर्जनको विवरण गणना गर्न सफल भएको छ । बैंकले PCAF मापदण्डमा सदस्यता लिएपश्चातको लगातार दुई वर्ष आफ्नो लगानीको 'Project Finance' * 'Business Loans and Unlisted Equity' श्रेणीहरुबाट उत्पन्न हरित ग्याँस उत्सर्जनको विवरण प्रकाशित गर्न सफल भएको छ । बैंकले आगामी दिनहरुमा यस अर्न्तगतको Scope 3 उत्सर्जनका अन्य श्रेणीहरु समेत समेट्ने र लगत गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ ।
महिला केन्द्रित बैंक बन्ने लक्ष्यअनुसार, हामीले सिद्धार्थ महिला समृद्धि कर्जाको सुरुवात गरी रू ५० लाखसम्मको साना एवं मझौला व्यवसाय कर्जा प्रदान गर्ने व्यस्था गरेका छौं। लैङ्गिक केन्द्रित निर्णय र अनुगमनलाई सुदृढ पार्न बैंकले लघु, साना एवं मझौला उद्यम व्यवसाय ऋणीहरुको लैगिक तथ्याङ्क संकलन माध्यम पनि विकास गरेको QR मा आधारित डिजिटल माध्यमबाट साना रकमको ऋणमा पहुँच बढाउँदै एवं महिला, लघु, साना एवं मझौला उद्यम व्यवसायी, किसान, विद्यार्थी, र रेमिट्यान्स प्राप्तकर्ताहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरि हामीले वित्तीय समावेशीकरणमा पनि सार्थक कदम चालेका छौ ।
दिगो विकासका लागि डिजिटल प्रथम बैंक बन्ने बैंकको दृष्टिकोणलाई साकार गर्न बैंकले समीक्षा वर्षमा स्वतन्त्र र स्वायत रूपमा काम गर्नेगरी डिजिटल बैंकिङ भर्टिकल स्थापना गरेको छ । डिजिटल रुपान्तरण, नवप्रवर्तन र दिगो वृद्धिलाई प्रवर्द्धन गर्नुनै यसको मूल ध्येय रहने छ। विशेषत खुद्रा, लघु, साना एवं मझौला व्यवसाय क्षेत्र केन्द्रित भई ग्राहक अनुभवलाई परिष्कृत बनाउँदै अनुकूल डिजिटल माध्यमहरु बाटमात्र अधिक प्रभावकारी र नवीन तरिकाले छिटो छरितो सेवा प्रदान गर्ने कार्यमा यसले योगदान पुयाउने विश्वास राखेका छौ ।
पछिल्ला केही वर्षहरुमा हामीले व्यवसाय एकिकरण, जोखिम व्यवस्थापन सुदृढीकरण, नीतिहरुमा परिमार्जन र कार्यक्षमता निर्माणमा ध्यान केन्द्रित गौँ । अब, यसरी हामीले बनाएको बलियो आधारमा उभिएर व्यवसायलाइ थप उचाईमा पुऱ्याउँदै डिजिटल दक्षतालाई उपयोग गर्दै नयाँ व्यवसाय विस्तारका अवसरहरुको उपयोग गर्नु जरूरी छ । आउँदो दिनहरूमा व्यवसायको वृद्धि, डिजिटल दक्षता अभिवृद्धि, नयाँ डिजिटल पहलहरु, जोखिम व्यवस्थापन थप सुदृढीकरण र डिजिटल माध्यमबाट अनुपालन प्रवर्द्धनमा केन्द्रित हुने समय आएको छ । गुणस्तरीय सम्पत्ति व्यवस्थापन र निरन्तर वृद्धि सुनिश्चित गर्न एवं कर्जा असुलीमा विशेष पहल गर्न यी सबै प्रयासहरु आवश्यक छन ।
यसरी, विविध वर्तमान एवं भविष्यमा देखिने चुनौती र अवसरहरुलाई ध्यानमा राख्दै बैंकले आफ्नो सेवाको दायरा तथा गुणस्तर वृद्धि गर्दै लैजाने, गुणस्तरीय कर्जा लगानी व्यवस्थापनलाई विशेष ध्यान दिने, दक्ष जनशक्तिको विकास गरी उत्प्रेरित गर्ने, सुचना प्रविधि सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न सुचना प्रणाली अद्यावधिक गर्ने, थप नवीनतम सेवाहरु प्रदान गर्ने तथा नयाँ बजार र नयाँ क्षेत्रमा आफ्नो सेवाहरु विस्तार गर्दै लैजाने रणनीति तर्जुमा गरेको छ । यस्ता थुप्रै आर्थिक तथा गैर आर्थिक चुनौतीका बावजुद पनि बैंकले समयानुकुल योजना तथा रणनीतिहरुको अवलम्बन गरी आफ्नो लक्ष्य हासिल गर्ने प्रयास कायम राख्नेछ । आउँदो दिनहरुमा पनि हामी यस गति र ऊर्जा कायम राख्दै, नवप्रवर्तन गर्दै शेयरधनीका लागि उच्च्तम प्रतिफल, ग्राहकका लागि अमुल्य अनुभव प्रदान गर्दै बैंकलाई उत्कृष्टतासहित लक्ष्य प्राप्तीका लागि अगाडि बढाउन प्रतिबद्ध रहेका छौं ।
आदरणीय शेयरधनी महानुभावहरूले दिनु भएका अमूल्य सल्लाह तथा सुझावहरु अधिकांश कार्यान्वयन गरिसकिएको र केही कार्यान्वयनका विभिन्न चरणमा रहेको कुरा अवगत गराउन चाहन्छौं । साथै, आगामी दिनमा पनि शेयरधनी महानुभावहरुबाट निरन्तर सुझाव एवं सहयोगको अपेक्षा गर्दै प्राप्त सुझाव कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौ ।
(सिद्धार्थ बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालले बैंकको चौबिसौ वार्षिकोत्सवको अवसरमा दिएको मन्तव्यका आधारमा तयार पारिएको हो। )
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया