NIMB Header 2
Nepal Life

आईसीसीद्वारा एनपीएलप्रति बेवास्ता, निमन्त्रणा दिँदै पनि नआउनुको कारण खुल्दैन

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 21 15:48
आईसीसीद्वारा एनपीएलप्रति बेवास्ता, निमन्त्रणा दिँदै पनि नआउनुको कारण खुल्दैन
Everest Bank

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अहिले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चामा छ।

Shikhar
NIMB

फ्लडलाइटको झिलिमिली बीच चलिरहेको प्रतियोगितामा नेपालसहित १५ देशका करिब साढे तीन दर्जन विदेशी खेलाडी सहभागी छन्, जसले विश्वभरका क्रिकेटप्रेमीको ध्यान आकर्षित गरेको छ।

तर, यति चर्चित प्रतियोगिताप्रति अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पूर्णरूपमा बेवास्ता गरेको पाइएको छ। स्रोतका अनुसार एनपीएलको उद्घाटन समारोहमा आईसीसी अध्यक्ष जय साहसहितका पदाधिकारीलाई निमन्त्रणा दिइए पनि आईसीसीले कुनै प्रतिक्रिया दिएको छैन। उद्घाटनमा उपस्थित हुन नसके समापन समारोहमा सहभागी हुन पनि अनुरोध गरिएको थियो, तर सो निमन्त्रणामा समेत कुनै प्रतिक्रिया नआएको क्यान स्रोतले जनाएको छ।

आईसीसीको गैरजिम्मेवारीपूर्ण मौनताका कारण क्यानका पदाधिकारीहरू पनि उद्घाटन समारोहमा अनुपस्थित रहे। क्यान–सम्बद्ध एक अधिकारीले भने, “आईसीसी अध्यक्ष वा कुनै उच्च पदाधिकारी आए एनपीएलको महत्व अझ बढ्थ्यो, तर यसपालि पनि हामीले पूर्ण बेवास्ता भोग्यौं।”

यसअघि दुई वर्षअघि तत्कालीन आईसीसी अध्यक्ष ग्रेग बार्क नेपाल आएका थिए। त्यसमयदेखि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय लोकप्रियता थप बढाएको छ। गत वर्षको पहिलो संस्करणले नै विश्व क्रिकेटमा व्यापक चर्चा पाएको थियो। तर, यसपटक आईसीसीको चासो नदेखिनु क्यानभित्रका विवाद र गत वर्ष उठेको ‘बेटिङ’ सम्बन्धी विषयसँग जोडिएको बताइन्छ।

गत वर्ष एनपीएलमा ‘बेटिङ’ले ठूलो चर्चा पाएको थियो, जसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकिएको थियो। ‘म्याच फिक्सिङ’को ठोस विवाद नभए पनि ‘बेटिङ’का घटनाक्रमका कारण आईसीसी संवेदनशील बनेको बताइन्छ। यसै पृष्ठभूमिमा प्रतियोगिता सुरु भएको दुई दिनमै ‘म्याच फिक्सिङ’मा संलग्न भएको आरोपमा एक नेपाली युवती र एक भारतीय युवक पक्राउ परेपछि क्यान र सुरक्षा निकायले कडाइ गरेको देखिन्छ।

यसबाहेक, क्यानभित्रको कथित भ्रष्टाचारप्रति पनि आईसीसी गम्भीर रहेको स्रोतहरू बताउँछन्। गत वर्षको एनपीएलमा करोडौँ रकम दुरुपयोग भएको समाचार सार्वजनिक भएको र सो घटनामा क्यानका तत्कालीन सचिव पारस खड्का पनि विवादमा तानिनु आईसीसीका अधिकारीहरूलाई झस्काउने अर्को कारण भएको आशंका व्यक्त गरिएको छ। यही कारण आईसीसी पदाधिकारीहरू यसपटक कुनै पनि कार्यक्रममा सहभागी हुन हिच्किचाएको अनुमान गरिन्छ।

यद्यपि, एनपीएल जस्ता आन्तरिक फ्रेन्चाइज प्रतियोगितालाई आईसीसीले औपचारिक मान्यता दिनुपर्ने कानुनी बाध्यता छैन। तर, यसरी अन्तर्राष्ट्रिय निकायका उच्च अधिकारीहरूको उपस्थितिले देशको क्रिकेटबारे आईसीसीको धारणा र भविष्यमा हुने सहयोगमा असर पार्ने भएकाले क्यानले विशेष पहल गरेको थियो। तर, क्यानभित्रकै पारदर्शिता, विवाद र आरोप–प्रत्यारोपका कारण त्यो प्रयास सफल हुन नसकेको क्यानभित्रकै केही पदाधिकारीहरूको अभिव्यक्ति छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया