Nepal Life

प्रधानमन्त्री कार्कीको पहलमा राहदानी सङ्कट समाधान

NMB Bank
  • BFIS News
  • 2025 Nov 22 15:53
प्रधानमन्त्री कार्कीको पहलमा राहदानी सङ्कट समाधान
National Life

काठमाडौँ, मङ्सिर ५ गते । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहलमा राहदानी संकट समाधान भएको छ ।

 

Shikhar
NIMB

साविकको फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँगै पुरानै मूल्यमा नबढ्ने गरी नयाँ सात लाख विद्युतीय राहदानी खरिदको सम्झौता भएसँगै अब सेवाग्राहीले अनिश्चितकालसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। राहदानी विभागले शुक्रबार एक विज्ञप्ति जारी राहदानी उत्पादन कटौती हटाएको जनाएको छ।    

यसअघि मौज्दात सकिँदै गएको र वैकल्पिक व्यवस्थान गर्न नसकेको कारण राहदानी विभागले दैनिक एक हजारमा सीमित गरी उपलब्ध गराउँदै आएको थियो। नवीकरण गर्नुपर्ने र नयाँ लिनुपर्ने गरी दैनिक करिब ६ हजार राहदानीको माग भए पनि सरकारले एक चौथाइ पनि उपलब्ध गराउन नसक्दा सेवाग्राहीलाई निकै ठूलो मर्का परिरहेको थियो।

यसबीचमा प्रधानमन्त्री कार्कीले  राजदूतदेखि सम्बन्धित कम्पनीका अधिकारीहरुलाई बोलाएर पनि कुराकानी गर्नुभएको थियो।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया