Nepal Life

स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारणसभा, १९ प्रतिशत लाभांश पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Nov 23 12:28
स्ट्यान्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारणसभा, १९ प्रतिशत लाभांश पारित गर्ने
National Life

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३९औँ वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ। बैंकका अनुसार सभा आगामी मङ्सिर २९, २०८२ (सोमबार) का दिन काठमाडौं स्थित भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९:३० बजे सुरु हुनेछ।

Shikhar
NIMB

सभामा प्रस्तुत हुने प्रमुख एजेन्डाहरूमा लेखापरीक्षकको प्रतिवेदनसँगै २०८१/८२ को नाफा-नोक्सान विवरण (PL Statement), वित्तीय विवरण, ब्यालेन्ससिट, तथा नगद प्रवाह विवरण (Cash Flow Report) अनुमोदन गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, २०८२/८३ आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने छ। सभाले सञ्चालक समितिले यस अगाडी प्रस्ताव गरेको १९ प्रतिशत नगद लाभांश पनि पारित गर्नेछ।

बैंकक प्रस्ताविक लाभांश मंसिर १५ गतेसम्म कायम शेयरधनीले मात्रै प्राप्त गर्नेछन्। बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर १६ गते बुक क्लोज मिति तोकेको छ।  

साधारणसभामा बैंकको समग्र वित्तीय अवस्थासम्बन्धी छलफल हुने तथा शेयरधारकका सुझाव एवं प्रस्तावहरूमा विचार-विमर्श हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया