NIMB Header 2
Nepal Life

चिसो बढेसँगै हिटर, गिजरसहितका तातो सामानको किनमेलमा वृद्धि

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 23 15:20
चिसो बढेसँगै हिटर, गिजरसहितका तातो सामानको किनमेलमा वृद्धि
Everest Bank

काठमाडौं । देशभर चिसो बढ्दै जाँदा तातो तथा न्यानो सामग्रीको किनमेल उल्लेख्य रूपमा बढेको छ।

Shikhar
NIMB

राजधानी काठमाडौंमा जाडोको तीव्रता बढेपछि हिटर, गिजर, एसीलगायतका विद्युतिय सामग्री किन्ने उपभोक्ताको भीड बजारतिर बढ्न थालेको व्यापारीहरूको अनुभव छ।

परम्परागत रूपमा न्यानो कपडा किन्ने चलन भए पनि पछिल्ला वर्षहरूमा आधुनिक उपकरणप्रति उपभोक्ताहरूको आकर्षण बढ्दै गएको छ। आधुनिक जीवनशैली र सहजताले तातो उपकरणहरूको बजार विस्तारमा सहयोग पु¥याएको व्यवसायीहरू बताउँछन्।

विद्युतिय सामग्री व्यवसायीको भनाइअनुसार कात्तिकको अन्त्यदेखि नै बढ्न थालेको हिटर, गिजरलगायतका सामानहरूको माग हाल आएर झनै तीव्र बन्दै गएको छ। जाडो झन् बढ्दै जाने भएकाले आगामी दिनमा यो व्यापार अझै बढ्ने उनीहरूको अनुमान छ।

कोटेश्वरमा विद्युतिय सामग्रीको व्यापार गर्दै आएका सन्तोष बरालले मौसमी सामानको बिक्री राम्रो भइरहेको बताए।
उनका अनुसार, “पहिलेजस्तो मनलाग्दी मूल्यमा सामान बेच्ने अवस्था अब छैन। सबै प्रोडक्टमा कम्पनीले नै मूल्य तोकिदिने भएकाले बजारमा लगभग स्थिर दर कायम छ। यसले उपभोक्ता ढाडस पाएका छन् र व्यवसाय पनि पारदर्शी बनेको छ,” बरालले भने।

काठमाडौं विद्युतिय व्यवसायी संघका अध्यक्ष मिलन सिवाकोटीले अहिले नेपाली बजारमा दर्जनौँ ब्रान्डका हिटर भित्रिएको बताउँदै नाम, गुणस्तर र कम्पनीअनुसार मूल्यमा फरक पर्ने जानकारी दिए।
उनले उपभोक्तालाई ग्यारेन्टी, वारेन्टी, ब्रान्ड र फिचरबारे डिलरमार्फत प्रष्ट जानकारी लिएर मात्र सामान किन्न सुझाव दिएका छन्।

अध्यक्ष सिवाकोटीका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष जाडोको व्यापार करिब ५० प्रतिशतले बढ्ने अनुमान छ। आधुनिक प्रविधियुक्त हिटरको आगमनसँगै पुराना मोडलका हिटरप्रति उपभोक्ताको आकर्षण घट्दै गएको उनले बताए।

बजारमा अहिले ग्याँस र बिजुली दुवैबाट चल्ने हाइब्रिड हिटर, खुला स्थानमा प्रयोग हुने गार्डेन हिटर, तसेै तातो हावा फाल्ने फ्यान हिटरलगायत विभिन्न डिजाइन र क्षमताका उपकरण उपलब्ध छन्। मूल्य ७ सयदेखि हजारौँ रुपैयाँसम्म पर्नے हिटरहरू प्रचलनमा छन्।

नेपालको बजारमा उपलब्ध अधिकांश हिटर चीन र भारतबाट आयात हुन्छन् भने केही मात्रामा युरोपेली मुलुकबाटसमेत भित्रिने गरेको व्यापारीहरूले बताउँदै आएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया