Nepal Life

मुक्तिनाथ कृषि कम्पनीले पायो आइपिओ निष्काशनको अनुमति, कृषि क्षेत्रबाट आइपिओ निष्काशन गर्ने पहिलो निजी कम्पनी

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 15:31
मुक्तिनाथ कृषि कम्पनीले पायो आइपिओ निष्काशनको अनुमति,  कृषि क्षेत्रबाट आइपिओ निष्काशन गर्ने पहिलो निजी कम्पनी
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनीलाई प्राथमिक शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १४ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले सर्वसाधारणबाट कुल १४ करोड रुपैयाँ संकलन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलले रहेको छ । 

NIMB

इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले इक्रा–आईआर बीबी माइनस प्राप्त गरेको छ । यदि कम्पनीले समयमा वित्तीय दायित्व पूरा नगरेमा मध्यम किसिमको जोखिम रहेको संकेत गर्छ ।  

२०७५ सालमा १ अर्ब रुपैयाँ अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । तर कम्पनीले यस अवधिमा चुक्ता पूँजी ५६ करोड रुपैयाँ पुर्याइसकेको छ । १४ करोड रुपैयाँ प्राथमिक शेयर निष्काशन सँगै चुक्ता पूँजी ७० करोड पुग्नेछ । प्राथमिक शेयर निष्काशन पछि सर्वसाधारणको शेयर हिस्सा २० प्रतिशत पुग्नेछ ।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हो । योसँगै संस्थागतरुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने कम्पनीले जनाएको छ । 

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा भरतराज ढकाल कार्यकारी भुमिका रहेका छन् भने अन्य सञ्चालकहरुमा सिताराम काफ्ले, तुलसी राम ढकाल, प्रकाश श्रेष्ठ, मोहन बस्नेत, शिखा मास्के र गोविन्द बहादुर राउत रहेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया