Nepal Life

निर्वाचनका लागि आयोगलाई करिब ५ अर्ब बजेट उपलब्ध

NMB Bank
  • BFIS News
  • 2025 Nov 25 11:29
निर्वाचनका लागि आयोगलाई करिब ५ अर्ब बजेट उपलब्ध
National Life

काठमाडौँ, मंसिर ९   अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई करिब पाँच अर्ब रुपैयाँ उपलब्ध गराएको छ। आयोगले सात अर्ब रुपैयाँ माग गरेकोमा हालका लागि चार अर्ब ९६ करोड रुपैयाँ छुट्याइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

Shikhar
NIMB

अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई करिब पाँच अर्ब रुपैयाँ उपलब्ध गराएको छ। आयोगले सात अर्ब रुपैयाँ माग गरेकोमा हालका लागि चार अर्ब ९६ करोड रुपैयाँ बजेट छुट्याइएको छ। आवश्यकता परे थप रकम माग गर्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार विगतमा जस्तै यस पटक पनि खर्च नभएको रकम फिर्ता गरिनेछ।

निर्वाचन आयोगले मतदाता नामावली रुजु गर्ने काम एक हप्ता भित्रै सक्ने तयारी गरेको छ। ७७ जिल्लामा रहेका निर्वाचन कार्यालयका कर्मचारीले राष्ट्रिय परिचयपत्रका आधारमा नामावली अद्यावधिक गर्ने कार्य तीव्र रूपमा गरिरहेका छन्। देशभर कुल मतदाता संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ, जसमा आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।

प्रवक्ता भट्टराईका अनुसार दोहोरो नाम, १८ वर्ष नपुगेका व्यक्तिको नामावली, र अन्य त्रुटिहरू छानबिन गर्ने काम अन्तिम चरणमा पुगेको छ। केही जिल्लाले यो प्रक्रिया पूरा भइसकेको रिपोर्ट आयोगलाई पठाइसकेका छन्। सबै जिल्लाको नामावली एक हप्ता भित्रै रुजु भइ टुंगिने आयोगले बताएको छ।

आयोगले मंसिर २१ देखि २७ गतेसम्म मतदाता नामावलीका सम्बन्धमा उजुरी, गुनासो र सच्याउने कामका लागि अवधि खुला गर्नेछ। मृत्यु भएका, बसाइँसराइ भएका, वा नाम–थर–ठेगानामा त्रुटि परेका व्यक्तिहरूको विवरण सच्याइनेछ। तर, नयाँ मतदाता दर्ता भने हुने छैन। सबै प्रक्रिया पूरा भएपछि पुस १५ गतेभित्र अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया