जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
- BFIS News
- 2025 Nov 26 14:14
चितवन, मङ्सिर १० गते। जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही अघि सारेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दर्ता भएका उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरूविरुद्ध आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागु औषध सम्बन्धी मुद्दामा कारबाही भएको छ। पक्राउ परेकाहरूको म्याद थप गरी आवश्यक अनुसन्धान जारी रहेको र दोष पुष्टि अनुसार कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।
आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। आन्दोलनमा छिरेर अव्यवस्था मच्चाउने व्यक्तिहरूलाई कानूनको दायरामा ल्याउने क्रममा प्रहरीले पक्राउ गरेको जानकारी डीएसपी खनालले दिए।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी आवास तथा व्यावसायिक प्रतिष्ठान र तीन वटा पार्टी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट भएको तथ्याङ्कमा उल्लेख गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया