NIMB Header 2
Nepal Life

नेता बस्नेत धनगढी आउने खबरले जेनजी सडकमा

National Life
  • BFIS News
  • 2025 Nov 26 14:21
नेता बस्नेत धनगढी आउने खबरले जेनजी सडकमा
Sanima Reliance

धनगढी, मङ्सिर १० गते। नेकपा (एमाले)का नेता महेश बस्नेत धनगढी आउने जानकारी सार्वजनिक भएपछि जेनजी युवा सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्।

Shikhar
NIMB

विभिन्न नारासहितका प्ले–कार्ड बोकेर जेनजी युवाहरू धनगढीस्थित हसनपुर क्षेत्रमा प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ। उनीहरूले धनगढी रङ्गशाला क्षेत्रमा बस्नेतविरुद्ध नाराबाजी समेत गरेका छन्।

राष्ट्रिय युवा सङ्घले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउँदै रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ।

कैलाली उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजना हुन लागेको उक्त कार्यक्रमलाई सम्बोधन गर्न बस्नेत आउन लागेका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

बस्नेतको आगमनअघि नै जेनजी युवाहरू कार्यक्रमस्थल नजिकैको सडकमा भेला भएर विरोध प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया