Nepal Life

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ८० राजनीतिक दल दर्ता

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 15:28
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ८० राजनीतिक दल दर्ता
National Life

काठमाडौँ, मङ्सिर ९ गते। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ८० राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म कुल ८० दलले दल दर्ताका लागि निवेदन पेस गरेका हुन्। सोमबारसम्म दर्ता भएका दलको संख्या ६४ थियो।

Shikhar
NIMB

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल दर्ताको निवेदन पेस गरेका छन् । आयोगमा सोमबारसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका थिए ।  

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि १० गतेसम्म समय तोकेको छ । 

उहाँका अनुसार मङ्सिर १ गते १२ वटा, २ गते पाँच, ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६, ८ गते आठ र ९ गते १६ वटा राजनीतिक दल दर्ता भएका छन् ।  

मङ्गलबार नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । 

एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिनुभएको हो । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिनुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया