Nepal Life

रौतहटमा २५ वर्षीया महिलाको हत्या, घरकै भुसको खाडलमा गाडिएको अवस्थामा शव फेला

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 15:58
रौतहटमा २५ वर्षीया महिलाको हत्या, घरकै भुसको खाडलमा गाडिएको अवस्थामा शव फेला
National Life

 

रौतहट, मङ्सिर १०  गते ।  रौतहटको वृन्दावन नगरपालिका–९, भुसाहामा एक २५ वर्षीया महिलाको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ। भुसाहाका शेख आदिलकी श्रीमती तरीमा खातुनको शव सोमबार राति हत्या गरिएको अनुमानसहित घरमै भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा भेटिएको हो।

Shikhar
NIMB

मङ्गलबार बिहान घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो। प्रहरीले खातुनको दाहिने खुट्टामा गहिरो चोट र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको आशंका गरेको छ। घटनास्थलबाट एक चक्कु बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खातुनका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य डेढ वर्षीय बालक मोहम्मद आरिफलाई लिएर फरार भएको प्रहरीले जनाएको छ।

हत्या गरिएकी खातुनको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारजनको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया