Nepal Life

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेशन’ अवार्ड

NMB Bank
  • BFIS News
  • 2025 Nov 27 19:05
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेशन’ अवार्ड
National Life

काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) ले Visa Leadership Conclave Nepal 2025 मा प्रतिष्ठित “Excellence in Product Innovation” अवार्ड प्राप्त गर्न सफल भएको छ। नवीन प्रविधि तथा ग्राहक–केन्द्रित सेवा विकासमा बैंकले पुर्‍याएको योगदानका आधारमा प्रदान गरिएको यो अवार्ड बैंकका लागि अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ।

Shikhar
NIMB

बैंकले वर्षौंदेखि डिजिटल बैंकिङ्ग क्षेत्रमा विविध नवीन उत्पादन तथा सेवाहरू सञ्चालन गर्दै आएको छ, जसले ग्राहकहरूको वित्तीय पहुँच, सुविधा तथा सुरक्षालाई अझ मजबुत बनाएको छ।

अवार्ड प्राप्त गर्दै बैंकले आफ्नो कृतज्ञता व्यक्त गर्दै भनेको छ, “हामी यो सम्मानका लागि Visa प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। साथै, निरन्तर विश्वास र साथ दिँदै आउनुभएको हाम्रा सम्मानित ग्राहकहरूलाई विशेष धन्यवाद। तपाईंहरूको विश्वासले नै हामीलाई निरन्तर नवीनता र उत्कृष्टताको बाटोमा अघि बढ्न प्रेरणा दिएको छ।”

नेपाल बैंकिङ क्षेत्रमै अग्रणी प्राविधिक नवप्रवर्तनकर्ता बन्ने योजनासहित बैंकले आगामी दिनमा अझ आधुनिक, सुरक्षित र उपयोगकर्ता–मैत्री डिजिटल सेवाहरू विस्तार गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया