गुल्मी–१ बाट रास्वपाका सागर ढकाल विजयी
- BFIS News
- 2026 Mar 07 15:23
तम्घास (गुल्मी), फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल विजयी हुनुभएको छ।
उहाँले नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो।
अन्तिम मतपरिणामअनुसार ढकालले ३० हजार ४४८ मत प्राप्त गर्नुभएको छ भने ज्ञवालीले १५ हजार ३२८ मत प्राप्त गर्नुभएको छ। नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले १३ हजार ७३१ मत प्राप्त गर्नुभएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया