काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्विप’
- BFIS News
- 2026 Mar 07 08:57
काठमाडौँ, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँले ३४ हजार २३८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ।
केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याउनुभएको छ। यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित हुनुभएको थियो।
यसैगरी काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा रास्वपाकै पुकार बम निर्वाचित हुनुभएको छ। उहाँले २९ हजार १४२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ।
बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ मत ल्याउनुभएको छ। यसअघिको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचित हुनुभएको थियो।
यससँगै काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’ गरेको छ। काठमाडौँ १ मा रञ्जु न्यौपाने, २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिषिर खनाल, ७ मा गणेश पराजुली, ८ मा बिराज भक्त, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रताप विष्ट विजयी हुनुभएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)
.jpg)





प्रतिक्रिया