NIMB Header 2
Nepal Life

नक्कली नेपाली नोटसहित युवक पक्राउ

IME LIFE
  • BFIS News
  • 2026 May 25 11:18
नक्कली नेपाली नोटसहित युवक पक्राउ
United Ajod

ललितपुर । ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्क नजिकबाट प्रहरीले नक्कली नेपाली नोटसहित एक युवकलाई पक्राउ गरेको छ।

Nepal Life
NIMB

पक्राउ पर्नेमा सिराहा घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्दै आएका १९ वर्षीय सुरज राई रहेका छन्।

प्रहरीका अनुसार शनिबार उक्त क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा उनीबाट नेपाली ५ सय दरका १६ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया