Nepal Life

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, २४ लाख ८२ हजारले दिए आवेदन

NMB Bank
  • BFIS News
  • 2026 Mar 10 11:35
शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, २४ लाख ८२ हजारले दिए आवेदन
National Life

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।

Shikhar
NIMB

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। सो प्रक्रिया सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, २ लाख २२ हजार कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि तथा १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।

यसैगरी कम्पनीले कर्मचारीका लागि ४४ हजार ४०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई “इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी” प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।

कम्पनीले सञ्चालन गरिरहेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको कम्पनीले जनाएको छ।

उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९.०८ वर्ष बाँकी रहेको छ। आयोजनामा गरिएको लगानी साधारण रूपमा ८.९२ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउन्ट आधारमा लगानी फिर्ता हुने अवधि १३.६४ वर्ष रहेको बताइएको छ। यस आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया