NIMB Header 2
Nepal Life

सीजीनेट अफर- रु. ३३ हजारमा ४३ इन्चको स्मार्ट टिभी, ८० एमबीपीएस इन्टरनेट र आईपीटिभी

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 30 10:56
सीजीनेट अफर- रु. ३३ हजारमा ४३ इन्चको स्मार्ट टिभी, ८० एमबीपीएस इन्टरनेट र आईपीटिभी
Everest Bank

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सीजी कम्युनिकेशन्सले ''ह्याट्रिक दक्षिणा'' नामकाे दशैं क्याम्पेन सार्वजनिक गरेको छ । सीजी डिजिटल र ईसेवा वालेटसँग सहकार्य गर्दै कम्पनीले यस्ताे क्याम्पेन ल्याएकाे हाे ।

Shikhar
NIMB

दशैँसँगै आईसीसी विश्व कप क्रिकेट प्रतियोगितालाई लक्षित गरी यस्तो क्याम्पेन ल्याएको कम्पनीले जनाएकाे छ । यसअन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् ।

साथै विभिन्न कम्बो छुटको लाभ लिँदै ३२ हजार ८५९ रुपैयाँ पर्ने ४३ इन्चको सीजी स्मार्ट टीभीका साथमा तीन महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन् । यो वास्तविक मूल्यको आधा भएकाे कम्पनीकाे दाबी छ ।

त्यसैगरी ३२ इन्चको सीजी स्मार्ट टीभी २२ हजार ६४४ रुपैयाँमा खरिद गर्दा तीन महिनाका लागि सीजीनेट+आईपीटीभीको ५० एमबीपीएस सुविधा पाइने कम्पनीले जनाएको छ ।
 
सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफरअन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्नसक्ने कम्पनीकाे भनाइ छ ।

साथै याे क्याम्पेनमा उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा रु. ५०० सम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

सीजीनेटले हालै आफ्नो सेवा पोखरा, विराटनगर, इटहरी, धरान र वीरगंज लगायत प्रमुख सहरमा विस्तार गरेको छ । यसअघि हेटौंडा, बुटवल, भैरहवा, भरतपुर, सिमरा, बर्दिघाट, काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा उपलब्ध भइसकेको छ ।

''उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरुमा आईपीटीभीपनि समावेश गर्दै सर्वसाधारणका साथै विजनेसहरुलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेशनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको छ,''  कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया