NIMB Header 2
Nepal Life

सिटिजन बैंकले यसरी गर्यो लाभांश निर्धारण, कर र प्रोभिजनिङले शेयरधनी मारमा

National Life
  • BFIS News
  • 2025 Nov 28 14:08
सिटिजन बैंकले यसरी गर्यो लाभांश निर्धारण, कर र प्रोभिजनिङले शेयरधनी मारमा
Sanima Reliance

काठमाडौं । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा करपछि रु. १ अर्ब २८ करोड ७० लाख ७५ हजार खुद नाफा आर्जन गरेको छ। बैंकले प्राप्त नाफाबाट कानूनी व्यवस्था तथा नियामक निकायका निर्देशनअनुसार विभिन्न कोषहरुमा रकम विनियोजन गर्दै वितरण योग्य मुनाफा निर्धारण गरेको छ।

Shikhar
NIMB

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार खुद नाफाको २० प्रतिशत बराबर रु. २५ करोड ७४ लाख १५ हजार साधारण जगेडा कोषमा छुट्याइएको छ। त्यस्तै, सोही ऐनको दफा ४५ बमोजिम विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनमाफर्त आर्जित नाफाको २५ प्रतिशत अर्थात् रु. १४ लाख १५ हजार सटही समीकरण कोषमा विनियोजन गरिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार यस आर्थिक वर्षमा बैंकले खुद नाफाको १ प्रतिशत रु. १ करोड २८ लाख ७० हजार संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा छुट्याएको छ। यस्तै, गत वर्ष सीएसआर अन्तर्गत खर्च भएको रु. १ करोड ४७ लाख ६२ हजार कोषबाट फिर्ता गरी यस वर्षको वितरण योग्य मुनाफामा समावेश गरिएको छ। बैंकले कर्मचारी क्षमता अभिवृद्धि कोषमा रु. १ करोड २४ लाख ५ हजार विनियोजन गरेको छ।

नियमनकारी कोषतर्फ, ब्याज आम्दानी लेखाङ्कन भए पनि प्राप्त नभएको रकममध्ये आयकर, बोनस तथा वैधानिक कटौतीपश्चात बाँकी रकम सँगै यस वर्ष रु. २३ करोड ७० लाख ४१ हजार सञ्चित मुनाफामा फिर्ता गरिएको छ। साथै, गैह्र–बैंकिङ सम्पत्तिका लागि रु. १० करोड ९९ लाख ६७ हजार, बिमाङ्किक लाभका लागि रु. ३९ लाख २ हजार, स्थगन करसम्पत्तिका लागि रु. ३ करोड २ लाख ६१ हजार र उचित मोलका आधारमा मापन गरिएका व्यापारीक सम्पत्तिबाट प्राप्त नभएको नाफा बापत रु. २ करोड ६ लाख ११ हजार नियमनकारी कोषमा विनियोजन गरिएको छ।

यसबाहेक पूँजीकृत ब्याज आम्दानीका लागि संकलित रकममध्ये यस वर्षको समायोजन अनुसार रु. ६१ लाख ३९ हजार सञ्चित मुनाफामा फिर्ता गरिएको छ।

बोनस शेयर जारी, ऋणपत्र भुक्तानी कोषमा रकम नराखिने

इ. प्रा. निर्देशन नं. १६/०८१ अनुसार ऋणपत्र भुक्तानी कोषमा जम्मा गर्नु पर्ने रकमबराबर बोनस शेयर जारी गरेमा सो वर्षमा भुक्तानी कोषमा रकम राख्न नपर्ने प्रावधानअनुसार बैंकले रु. ३३ करोड ३३ लाख ३३ हजार बराबर बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ। यसअनुसार "१०% सिटिजन्स बैंक डिबेन्चर, २०९०" का लागि २०८१/८२ मा भुक्तानी कोषमा रकम राखिएको छैन।

गत वर्षको रु. १ करोड ५३ लाख ३३ हजार खुद सञ्चित नाफा तथा चालु वर्षको वितरण योग्य मुनाफा रु. ७६ करोड २८ लाख ३५ हजार रकम समावेश गर्दै बैंकले कुल रु. ७७ करोड ८१ लाख ६९ हजार मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको छ। यसरी कर र नियामकीय प्रोभिजनिङका कारण बैंकले आकर्षक मुनाफा आर्जन गर्दै गर्दा पनि शेयरधनीलाई भने उत्साहित पार्ने गरी लाभांश दिन नसेको हो।

१९ औं वार्षिक साधारणसभा सम्पन्न

बैंकले आज सम्पन्न गरेको १९औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफलसहित पारित गरेको छ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको बैंक तथा सहायक कम्पनीहरुको एकीकृत वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणलाई पनि स्वीकृति प्रदान गरेको छ।

सभाले कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले रु. ३८,८६५,८२३.५९ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृति दिएको छ। त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्न लेखापरीक्षण समितिको सिफारिस पारित गरिएको छ।

सञ्चालक समितिबाट प्रस्तावित ५ प्रतिशतका दरले रु. ७३८,४५०,६४८.३० बराबरको बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको छ। सिटिजन बैंकले स्थिर वित्तीय प्रबन्ध, नियामक अनुपालन तथा सेयरधनी हित संरक्षणमा निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया