Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस ७ गते डाक्यो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2025 Nov 30 11:07
सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस ७ गते डाक्यो साधारण सभा
National Life

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। बैंकले पुस ७ गते, सोमबार, अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा एक्काइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ। सभा बिहान १०:३० बजेबाट सुरु हुनेछ।

Shikhar
NIMB

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ। यससँगै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन प्रक्रियामा जान सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेजस्ता अन्य महत्वपूर्ण प्रस्ताव पनि सभामा राखिनेछन्।

लाभांश तथा साधारण सभाका लागि बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक–क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका शेयरधनी मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

बैंकले लाभांश प्रस्तावसँगै संस्थागत सुदृढीकरणका उद्देश्यले आगामी दिनमा पनि आवश्यक रणनीतिक कदमहरू चाल्ने संकेत गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया