NIMB Header 2
Nepal Life

आइएमई लाइफमा बीमा गर्दा कसरी हुन्छ डबल? हेर्नुहोस् कुन पोलिसीमा कति आउछ बोनस

National Life
  • BFIS News
  • 2025 Dec 01 21:28
आइएमई लाइफमा बीमा गर्दा कसरी हुन्छ डबल? हेर्नुहोस् कुन पोलिसीमा कति आउछ बोनस
Sanima Reliance

काठमाडौं । बीमा गर्दा ‘डबल हुन्छ’ भन्ने आशा धेरै बीमितको मनमा हुन्छ तर सही जानकारी तथा परामर्शको अभावमा धेरैले उपलब्ध बोनस सुविधाबाट वञ्चित हुँदै आएका छन्। बीमा योजनामा दोब्बर वा थप प्रतिफल पाउन बोनसदर अत्यन्त महत्वपूर्ण आधार हुने भएकाले बीमितले बीमा अवधि र बोनसदर दुवैलाई मूल्याङ्कन गर्नुपर्ने बीमा क्षेत्रका विज्ञहरूको सुझाव छ।

Shikhar
NIMB

यस्तैमा, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि नयाँ दर घोषणा गरेको हो।

कम्पनीले सञ्चालनमा ल्याएका मुनाफामै आधारित बीमालेखहरूमा न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर तोकिएको छ। यो बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालू बीमालेखमा समेत लागु हुने बताइएको छ। नयाँ बीमांकीय मूल्यांकन नहुँदासम्म यही बोनसदर निरन्तर लागू हुनेछ।

सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३२ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ। सामूहिक सावधिक बीमामा बोनसदर ३२ देखि ७५ रुपैयाँसम्म छ भने सावधिक तथा आजीवन बीमामा ३२ देखि ८० रुपैयाँसम्म बोनस लागू हुनेछ।

अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) बीमा योजनामा पनि प्रतिहजार ३२ देखि ८० रुपैयाँसम्म बोनस तोकिएको छ। अग्रिम भुक्तानी सावधिकमा ३०–६३ रुपैयाँ, बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) मा ३०–६५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता/धन सरिता प्लस) मा सबै अवधिका लागि समान २२ रुपैयाँ तथा बाल किरण बीमामा ३०–६० रुपैयाँसम्म बोनस दर निर्धारण गरिएको छ।

२० वर्षे योजनामा डबल धमाका

आइएमई लाइफले सार्वजनिक गरेको बोनसदरको विश्लेषण गर्दा सावधिक, सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा कम्तिमा २० वर्ष अवधिको बीमा गर्दा बीमाङ्क ‘डबल’ मात्र होइन ‘ट्रिपल’ नजिक प्रतिफल पाउन सकिने कम्पनीको दाबी छ।

उदाहरणका रूपमा, ३० वर्ष अवधिको सावधिक बीमामा प्रतिहजार ७० रुपैयाँ बोनसदर लागू हुने हुँदा बीमाङ्कको २.१ गुणा बोनस र कुल ३.१ गुणासम्म रकम एकमुष्ठ प्राप्त गर्न सकिनेछ। मानौ कसैले २० वर्ष अवधिको १० लाखको बीमा गर्यो भने उसको बोनसदर प्रतिहजार ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म रहेको छ। यस अनुसार बोनस रकम १० लाखदेखि ११ लाख हुन आउछ र बीमाङ्क सहित कुल २० लाख रुपैयाँ पाउन सक्दछ। 

सामूहिक सावधिक जीवन बीमा योजनामा पनि दोब्बर प्रतिफलको लागि १९–२० वर्ष अवधिको बीमा आवश्यक पर्छ। यस्तै, सावधिक तथा आजीवन योजनामा पनि २० वर्ष अवधिको बीमामा दोब्बर प्रतिफल प्राप्त हुने कम्पनीले बताएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया