एनसेलको आम्दानी ७ प्रतिशतले घट्दा पनि मुनाफा १० प्रतिशतले बढ्यो

  • BFIS News
  • 2023 Sep Sat 20:42
एनसेलको आम्दानी ७ प्रतिशतले घट्दा पनि मुनाफा १० प्रतिशतले बढ्यो

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सन् २०२३ को दोस्रो त्रैमाशिक अवधिमा १० प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । जवकी यस अवधिमा कम्पनीको खुद आम्दानी ७ प्रतिशतले घटेको छ ।

 

कम्पनीले सन् २०२३ को दोस्रो त्रैमाशिक अवधिमा ९ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको छ । सन् २०२२ को यहि अवधिमा कम्पनीले १० अर्ब ४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसरी मुनाफामा ७ प्रतिशतको गिरावट देखिदा पनि मुनाफा भने एक अर्ब २९ करोड रुपैयाँ रहेको छ । गत वर्ष २०२२ को यहि अवधिमा एक अर्ब १६ करोड थियो ।

एनसेलको माउ कम्पनी एक्जिएटाको कुल आम्दानी भने १२ प्रतिशतले बढेको छ । कम्पनीले ८२ खर्ब २४ अर्ब इन्डोनेसियल रुपीज आम्दानी गरेको छ । मुनाफा भने ५.४२ प्रतिशतले घटेको छ । यस अवधिमा ४ अर्ब ५० करोड इन्डोनेसियल रुपीज आम्दानी गरेको छ ।

माउ कम्पनी एक्जिएटाका अनुसार एनसेलको आम्दानी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोनकल तर्फको व्यवासयमा लगातार गिरावट आइरहेको छ । भ्वाइस तर्फको व्यावसायमा गिरावट देखिए पनि इन्टरनेट तर्फको आम्दानीमा भने सुधार देखिन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार