NIMB Header 2
Nepal Life

जारी बीमालेख संख्यामा रिलायबल नेपालको सर्वाधिक हिस्सा, ४० प्रतिशत बजार हिस्सा ओगट्न सफल

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 03 05:13
जारी बीमालेख संख्यामा रिलायबल नेपालको सर्वाधिक हिस्सा, ४० प्रतिशत बजार हिस्सा ओगट्न सफल
Everest Bank

काठमाडौं। जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमा पोलिसी मध्ये रिलायबल नेपाल लाइफ एक्लैले ४०.४६ प्रतिशत बजार हिस्सा ओगटेको छ। अर्थात बीमा कम्पनीहरुले एक करोड ८४ लाख ९२ हजार ३१० पोलिसी जारी गर्दा रिलायबल नेपाल लाइफ एक्लैले ७४ लाख ८१ हजार १२४ वटा पोलिसी जारी गरेको छ। कम्पनीले एक वर्षको अवधिमा १९७ प्रतिशतले पोलिसी संख्या बढाउन ४० प्रतिशत भन्दा ठुलो हिस्सा लिन सफल भएको हो।

Shikhar
NIMB

रिलायबल नेपाल लाइफले आवधिक बीमा पोलिसी 'Term Insurance' मार्फत यतिका धेरै संख्यामा बीमा पोलिसी जारी गर्न सकेको हो। कम्पनीले संस्थागत रुपमा कर्मचारी र ग्राहकको सामुहिक बीमा गरेर यो संख्या हासिल गरेको हो। जीवन बीमा कम्पनीले विशेष गरी सावधिक जीवन बीमा र आवधिक जीवन बीमा पोलिसी जारी गर्ने गरेका छन्। सावधिक जीवन बीमामा बीमितले तिरेको बीमा शुल्क निश्चित अवधि पछि बोनस सहित फिर्ता हुन्छ भने आवधिक जीवन बीमामा बीमा अवधिभर जोखिम मात्रै बहन हुन्छ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थादेखि लिएर ठुला ठुल बैंकले पनि ऋणीको टर्म इन्स्योरेन्सलाई अनिवार्य गर्न थालेका छन्। भवितव्य ऋणीलाई केहि भइहाल्यो भने बीमाबाट आउने दाबी रकमबाट ऋण चुक्ता हुने गरी बीमा गराउने चलन बढेको छ। यहि क्रमले गर्दा पछिल्ला दिनमा जीवन बीमाको अर्को ठुलो व्यवसाय आवधिक जीवन बीमा पनि पर्न थालेको हो।

यहि कारण चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बीमा कम्पनीहरुको जारी बीमा पोलिसी संख्या ४२ प्रतिशतले बृद्धि भएको छ। आर्थिक मन्त्री र ऋणीको अवस्थालाई मध्यनजर गर्दै वित्तीय संस्थाको ध्यान अहिले ऋणीको टर्म इन्स्योरेन्स गर्न तर्फ छ। यस्तो अवस्थालाई सबैभन्दा धेरै क्यास रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको हो।

धेरै पोलिसी जारी गर्नेमा दोस्रो नम्बरमा नेपाल लाइफ रहेको छ। यद्यपी बीमा शुल्क आर्जनका हिसावले सबैभन्दा अगाडी नेपाल लाइफ छ। नेपाल लाइफले बीमा शुल्क आर्जन तर्फ २७ देखि २९ प्रतिशतसम्मको हिस्सा कायम राख्दै आएको छ। नेपाल लाइफ सँग २० लाख पोलिसी सक्रिय छ। गत वर्षको यहि अवधिमा १३ लाख ८८ हजार थियो। कम्पनीले यस अवधिम ४४ प्रतिशतले बृद्धि गर्दै बजार हिस्सा १० प्रतिशत भन्दा माथि लिएको छ। रिलायबल सँगै नेपाल लाइफ पनि आवधिक बीमा योजनामा आक्रामक रुपमा अगाडी बढिरहेको देखिन्छ।

तेस्रो नम्बरमा नेशनल लाइफ रहेको छ। नेशनल लाइफको १४ लाख ७८ हजार वटा पोलिसी सक्रिय छ। बैंदेशिक रोजगारमा सबैभन्दा अगाडी रहेको सन नेपाल लाइफ सक्रिय पोलिसी संख्याका हिसावले चौथो नम्बरमा छ। कम्पनीले ११ लाख ५६ हजार पोलिसी जारी गरेको छ। पाँचौ नम्बरमा एशियन लाइफको ९ लाख ४४ हजार, सिटिजन लाइफको ९ लाख ७ हजार, सूर्यज्योति लाइफको ७ लाख ५८ हजार, मेट लाइफको ६ लाख ९६ हजार वटा पोलिसी सक्रिय छ।

एलआइसी नेपालको ६ लाख ९२ हजार, सानिमा रिलायन्सको ६ लाख ८ हजार, राष्ट्रिय जीवन बीमा कम्पनीको ५ लाख ९१ हजार, आइएमई लाइफको ४ लाख ६८ हजार, हिमालयन लाइफको ४ लाख २१ हजार र प्रभु महालक्ष्मी लाइफको २ लाख ८४ हजार वटा पोलिसी जारी भएका छन्।

आवधिक जीवन बीमा पोलिसीमा कम्पनीको मुनाफा राम्रो हुन्छ। जोखिम पुनर्बीमा कम्पनीमा हस्तान्तरण हुने भएकाले भवितव्य ठुलो जोखिममा पुनर्बीमाबाट कभर हुने र सामान्य अवस्थामा कम्पनीको मुनाफादर माथि हुन जान्छ। यसरी पछिल्लो समय कम्पनीहरुले जीवन बीमा पोलिसी जारी गर्दा सावधिक र आवधिक बीमा पोलिसीलाई बण्डलिङ गर्ने अभ्यास पनि बढ्दो छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया