Nepal Life

माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाको वार्षिक तलब सुविधा एक करोड ५४ लाख, बोनस छुट्टै पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 05:34
माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाको वार्षिक तलब सुविधा एक करोड ५४ लाख, बोनस छुट्टै पाउने
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले गत आर्थिक वर्ष २०७९/८० मा वार्षिक तलब सुविधा बापत एक करोड ५४ लाख रुपैयाँ बुझेका छन् ।

NIMB

प्रमुख कार्यकारी अधिकृत लगायत सबै कर्मचारीलाई बोनस ऐन बमोजिम बोनस प्रदान गरिएको छ । जुन रकमलाई माथि उल्लेखित रकममा समावेश गरिएको छैन । बैंकको स्वीकृत नियमानुसार कर्मचारीलाई उपलब्ध गराइएको दुर्घटना तथा औषधोपचार खर्चको बीमाको प्रिमियम बैंकले नै ब्यहोर्दै आएको छ । बैंकका नायव कार्यकारी अधिकृत, महाप्रवन्धक तथा प्रवन्धकहरुले गत आर्थिक वर्षमा १९ करोड ७९ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत कोईरालाले आफ्नो करिअरको सुरुवात प्रज्ञा एकेडेमीबाट सन् १९९६ देखि गरेका हुन् । प्रज्ञा एकेडेमीबाट उनि सन् २००० मा बैंक अफ काठमाडौं प्रवेश गरेका थिए । यहा करिव चार वर्ष मात्रै काम गरे । त्यस पछि सन् २००४ मा सानिमा बैंक प्रवेश गरेका कोईराला २०१३ सम्म काम गरे । सानिमा पछि सन् २०१३ देखि माछापुच्छ्रे प्रवेश गरेका उनि हालसम्म छन् ।

बैंकका पुर्व अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले चार वटा मात्रै बैठक बसेर ७२ हजार बैठक भत्ता बुझेका थिए । त्यस्तै हालका अध्यक्ष डा. उपेन्द्र महतोले बैठक भत्ता बापत २ लाख २९ हजार बुझेका छन् । त्यस्तै सञ्चालकहरु रोशन केसीले २ लाख ७९ हजार, मुकुन्द महतले २ लाख ७९ हजार, जय मुकुन्द खनालले २ लाख ६३ हजार, विश्व प्रकाश गौतमले २ लाख ४८ हजार, हरिभक्त सिग्देलले २ लाख ७९ हजार र बन्दना कार्कीले २ लाख ७९ हजार रुपैयाँ भत्ता बुझेकी छिन् ।

बैंकले आगामी असोज १८ गते २५ औं वार्षिक साधारणसभा गर्दैछ । बैंकको साधारणसभामा सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८० मुनाफा तथा सञ्चित नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । जसमध्ये चुक्ता पूँजीको १३.३ प्रतिशतले हुने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि चुक्ता पूँजीको ०.७० प्रतिशतले हुने ७ करोड १८ लाख ८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकले पोखराको होटल ग्राण्डमा २५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले ८ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरिसकेका छ । जस अनुसार ७ असोजसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया