Nepal Life

आइएमई लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 14:37
आइएमई लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम असोज १३ गते इटहरीको सोल्टी होटलमा कम्पनीको प्रदेश नम्बर १ को आयोजनामा सम्पन्न भएको हो ।

NIMB

कार्यक्रममा प्रदेशका ५०० जना एजेन्सीहरुलाई बीमा क्षेत्रको आवश्यकता, महत्व तथा बीमा पोलिसीको बारेमा उप–प्रदेश प्रमुख ओम प्रकाश राईले प्रशिक्षण दिएका थिए ।

सोही कार्यक्रममा बीपी रेग्मीले सेल्स टेक्निक र समग्र बीमाका लागि आवश्यक ज्ञानको बारेमा उत्प्रेरणा दिएका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता प्रदेश प्रमुख मिलान दाहालले ग्रहण गरेका थिए भने विशिष्ट अतिथीको रुपमा बीपी रेग्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आईएमई लाइफ इन्स्योरेन्सका टप एजेन्सी म्यानेजर एमडीआरटी नगेन्द्र श्रेष्ठसहित सम्पूर्ण एमडीआरटी तथा ब्रान्च मेनेजरहरुको समेत उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया