NIMB Header 2
Prabhu Mahalaxmi

सिटिजन लाइफको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेलको पुनः नियुक्त

United Ajod
  • BFIS News
  • 2025 Dec 07 11:32
सिटिजन लाइफको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेलको पुनः नियुक्त
IME LIFE

काठमाडौं। सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल पुनः नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले आगामी चार वर्षको लागि पौडेललाई दोहोर्याउने निर्णय गरेको छ। 

Nepal Life
NIMB

पौडेलले सिटिजन लाइफलाई नयाँ आएका १० कम्पनी मध्ये सबैभन्दा अब्बल बनाउन सफल भएका छन्। आजका दिनमा मर्जर भएका लाइफ इन्स्योरेन्स कम्पनी भन्दा पनि राम्रो अवस्थामा पुर्याउन सफल पौडेलको कामको मूल्याङ्कन गर्दै सञ्चालक  समितिले अर्को कार्यकालका लागि कार्यभार सुम्पिएको हो। 

कम्पनी प्रथम बीमा शुल्क आर्जन, नविकरण बीमा शुल्क आर्जन, लाभांश तथा प्रतिफल वितरण सबै सूचकमा अगाडी छ। यति मात्रै होइन प्रिमियममा शेयर निष्काशन गर्दै पूँजीकोष बलियो मात्रै भएको छैन सोल्भेसी रेसियोलाई समेत अब्बल बनाएका छन्। आगामी चार वर्षको कार्यकालमा उनले कम्पनीलाई थप उचाइमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। उनको आगामी चार वर्षे कार्यकाल पुस ३० गतेबाट सुरु हुनेछ। 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया