Nepal Life

दुध बेच्न अन्तर्राष्ट्रिय बजार खोज्दै व्यापारी

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 04:31
दुध बेच्न अन्तर्राष्ट्रिय बजार खोज्दै व्यापारी
Sanima Reliance

काठमाडौँ । बढी भएको दुध बङ्गलादेशलगायतका देशमा पठाउने तयारीमा डेरी उद्योगी लागेका छन् । नेपाल डेरी एसोसिएसनले आफ्ना प्रतिनिधि बङ्गलादेश पठाएर अध्ययन गर्न लगाएको छ । बङ्गलादेश दु्ध लिन सकारात्मक छ, नियमित उपलब्ध गरायो भने नेपालबाट दुध खरिद गर्न उनीहरू तयार भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए ।  

NIMB

“बङ्गलादेशमा झोल दुधभन्दा बढी धुलो दुधको माग रहेको छ, त्यो हामी दिन सक्छौँ कि सक्दैनौँ, त्यसका बारेमा अध्ययन गर्न लागेका छौँ,” उनले भने, “साथीहरू बङ्गलादेशको अवस्था बुझेर आउनुभएको छ, त्यहाँको माग अनुसार हामी दिन सक्छौँ कि सक्दैनौँ त्यसबारेमा अध्ययन गर्न एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका छौँ, त्यसले आफ्नो अध्ययन कार्य पनि थालिसकेको छ ।”

अहिले आफूहरूलाई दुध तथा दुग्धजन्य पदार्थ बढी भएको छ, बढी भएको दुग्ध पदार्थ दिन सकिन्छ तर नियमित दिन सकिन्छ कि सकिँदैन त्यसबारेमा पनि अध्ययन गर्न लागिएको उनले बताए । शनिबार नै भारतका व्यापारीसँग पनि दुग्धजन्य पदार्थ खरिद गर्ने विषयमा छलफल भएको बताउँदै उहाँले डेरी उद्योगीहरूसँग बढी भएको दुध तथा दुग्धजन्य पदार्थ कसरी खपत गर्ने, त्यो कुरामा सरकारले ध्यान नदिएपछि आफूहरू आफ्नै तरिकाले त्यसमा लागेको बताए ।  

बजारमा मागभन्दा बढी दूध आपूर्ति भएपछि उत्पादित दूध बजारमा खपत हुन छाडेको छ । यसको समाधानका लागि व्यवसायीहरू नयाँ बजारको खोजीमा लागेका छन् । दुधको उत्पादन बढेसँगै देशभर दुधबाट पाउडर उत्पादन गर्ने प्लान्ट पनि थपिएका छन् तर धुलो दुध पनि कसरी खपत गर्ने, त्यसको पनि चिन्ता बढेको डेरी उद्योगी बताउँछन् । 

दुध बिक्री नहुँदा किसानलाई पनि भुक्तानी गर्न सकिएको छैन । छ अर्ब रुपियाँभन्दा रकम भुक्तानी गर्न बाँकी छ । दुग्धजन्य पदार्थको मौज्दात पनि बढ्दै गइरहेको डेरी उद्योगी बताउँछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया