एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश घोषणा, ४ प्रतिशत बोनस शेयर पछि २ अर्ब ५६ करोड पुग्ने
- BFIS News
- 2025 Dec 23 13:23
काठमाडौँ । एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ करोड रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ६६ करोड पुग्नेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया