धनुषाको खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, काम प्रभावित
- BFIS News
- 2026 Apr 24 13:04
ढल्केबर, वैशाख ११ — धनुषाको बटेश्वर गाउँपालिका–३ मा निर्माणाधीन खानेपानी आयोजनाको विद्युतीय ट्रान्सफर्मर बिहीबार राति चोरी भएको छ।
निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष राममणि कुशवाहाले जानकारी दिनुभयो। उहाँका अनुसार पोलमा जडान गरिएको ट्रान्सफर्मर भुइँमा झारेर त्यसभित्रका तामाका तार र तेल निकालेर लगिएको हो।
ट्रान्सफर्मरको बाँकी भाग घटनास्थलमै फेला परेको बताइएको छ। घटनापछि खानेपानी आयोजना सञ्चालनमा समस्या आएको छ।
ट्रान्सफर्मर नभएपछि मोटर सञ्चालन गर्न नसकिने भएकाले योजनाको काम प्रभावित भएको वडाध्यक्ष कुशवाहाले बताउनुभयो। उहाँका अनुसार घटना सम्बन्धमा स्थानीय प्रहरीलाई जानकारी गराइसकिएको छ।
बटेश्वर प्रहरीले चोरीको घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया