मोरङमा हवाइफायर गरी अर्ध किलो हेरोइनसहित एक पक्राउ
- आयुस बस्नेत
- 2026 Apr 21 12:15
विराटनगर, वैशाख ८ गते । मोरङमा ठुलो परिमाणको लागुऔषधसहित एक जनालाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ ।
सोमबार राति रतुवामाइ नगरपालिका–१ हटिया क्षेत्रमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले दुई राउण्ड हवाइ फायर गर्दै २१ वर्षीय मोहम्मद आविद मियाँलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कट्वाल का अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार मियाँले प्रहरी देख्नासाथ भाग्ने प्रयास गरेका थिए । उनलाई नियन्त्रणमा लिन प्रहरी निरीक्षक कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट हवाइ फायर गर्नुभएको थियो ।
प्रहरीले पक्राउपछि गरेको खानतलासीमा ४७५ ग्राम ८२० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ । बरामद लागुऔषधको बजार मूल्य उच्च रहेको बताइएको छ ।
पक्राउ परेका मियाँलाई हाल इलाका प्रहरी कार्यालय सिजुवामा राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।
सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध तस्करी नियन्त्रण गर्न प्रहरीले पछिल्लो समय निगरानी र कडाइ बढाएको जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया