NIMB Header 2
Nepal Life

लेटाङमा अन्तरधार्मिक शान्तिपार्क निर्माण, बुद्ध जयन्तीमा उद्घाटन गर्ने तयारी

NMB Bank
  • BFIS News
  • 2026 Apr 19 18:00
लेटाङमा अन्तरधार्मिक शान्तिपार्क निर्माण, बुद्ध जयन्तीमा उद्घाटन गर्ने तयारी
United Ajod

उर्लाबारी, वैशाख ६ गते । मोरङको लेटाङ नगरपालिका–१, राजारानी पर्यटन क्षेत्रमा अन्तरधार्मिक शान्तिपार्क निर्माण सम्पन्न भएको छ । पाँच धर्मका धर्मगुरुहरू एकै स्थानमा बसेर धार्मिक सहिष्णुता र विभेद अन्त्य गर्ने उद्देश्यसहित निर्माण गरिएको यो पार्क नगरपालिकाको गौरवको आयोजना हो ।

 

Shikhar
Nepal Life
NIMB

नगरपालिकाले आगामी बुद्ध जयन्तीको अवसरमा पार्कको उद्घाटन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा यस परियोजनाका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

उक्त शान्तिपार्क निर्माणका लागि कुल ६ करोड ८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो, जसमा सङ्घीय सरकारको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत लागत साझेदारी रहेको छ । हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको नगर प्रमुख भूपेन्द्रकुमार लावती ले जानकारी दिनुभयो ।

करिब ६ कट्ठा जग्गामा निर्माण गरिएको शान्तिपार्कको ठेक्का फुलमन डिप्लोपर्स प्रालि ले ५ करोड २९ लाख रुपैयाँमा लिएको हो । निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, जुन समयमै पूरा भएको वडा नं. १ का वडाध्यक्ष विष्णुबहादुर मगरले बताउनुभयो ।

यस परियोजनाको अवधारणा सामुदायिक विकास मञ्च नेपाल (सिडिएफ) को पहलमा आएको हो । सिडिएफ नेपालका अध्यक्ष रामचन्द्र बुढाथोकी का अनुसार हिन्दु, बौद्ध, मुस्लिम, किरात र इसाई धर्मका प्रतिनिधिहरू एउटै स्थानमा बसेर धार्मिक संवाद गर्ने वातावरण तयार गर्नु यसको मुख्य उद्देश्य हो ।

पार्कमा पाँच धर्मका लागि छुट्टाछुट्टै प्रवेशद्वार निर्माण गरिएको छ । प्रत्येक द्वारबाट प्रवेश गरेपछि सम्बन्धित धर्मका ग्रन्थ, सांस्कृतिक चिनारी तथा धार्मिक झलक अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

मन्दिर डाँडामा निर्माण गरिएको पार्कको भ्यूटावरबाट तराई क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । माथिल्लो तलाबाट ३६० डिग्री दृश्य हेर्ने सुविधा पनि रहेको छ ।

यस परियोजनाले धार्मिक सहिष्णुता प्रवर्द्धन गर्नुका साथै लेटाङ नगरपालिका लाई नयाँ धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया