जानकी नवमीको अवसरमा जनकपुरधाममा नौदिने धार्मिक महोत्सव सुरु
- BFIS News
- 2026 Apr 19 17:49
जनकपुरधाम, वैशाख ६ गते । जनकपुरधाम मा जानकी नवमीको अवसरमा धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै नौदिने धार्मिक महा–महोत्सव आयोजना गरिएको छ ।
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ISKCON) जनकपुरधाम मन्दिरले जनकपुत्री माता सीताको जन्मोत्सवको अवसरमा वैशाख ५ गतेदेखि सुरु भएको यो महोत्सव वैशाख १३ गते जगन्नाथ रथ यात्रापछि समापन हुने जनाएको छ ।
महोत्सवअन्तर्गत दूधमति नदी किनारस्थित ईस्कोन मन्दिर परिसरमा श्रीमद्भागवत कथा, जानकीजीको महाअभिषेक, पूजा–अर्चना तथा महाप्रसाद वितरणलगायत धार्मिक गतिविधि सञ्चालन भइरहेको छ ।
ईस्कोन जनकपुरधामका अध्यक्ष रामेश्वरम दास का अनुसार जानकी नवमीको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रमअन्तर्गत कथा वाचन, कीर्तन, महाअभिषेक तथा जगन्नाथ रथयात्रा आयोजना गरिएको हो । यसले धार्मिक वातावरणसँगै विदेशी पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।
महोत्सवअन्तर्गत वैशाख ११ गतेसम्म दैनिक दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म अनन्त कृष्ण दास गोस्वामी महाराजद्वारा श्रीमद्भागवत कथा वाचन गरिनेछ भने वैशाख १२ गते विशेष दिनका रूपमा कीर्तन, कथा, महाअभिषेक तथा प्रसाद वितरण कार्यक्रम हुने छ ।
यसै अवसरमा ईस्कोन मन्दिरको शिलान्यास पनि गरिने भएको छ । संस्थाका उपाध्यक्ष रमेशकुमार साह का अनुसार मन्दिर निर्माणको प्रारम्भिक चरणमा करिब २५ करोड रुपैयाँ लगानी गरिनेछ भने दीर्घकालीन रूपमा करिब २ अर्ब रुपैयाँको परियोजना अघि बढाइने योजना रहेको छ ।
महोत्सवले जनकपुरधाम को धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)




प्रतिक्रिया