NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ९औँ वार्षिक साधारण सभा पुस २९ गते

National Life
  • BFIS News
  • 2025 Dec 23 20:33
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ९औँ वार्षिक साधारण सभा पुस २९ गते
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ९औँ वार्षिक साधारण सभा पुस २९ गते मंगलबार आह्वान गरेको छ। सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक व्याङ्क्वेट एण्ड इभेण्ट सेन्टरमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Shikhar
NIMB

कम्पनीको मिति २०८२/०९/०७ मा बसेको सञ्चालक समितिको ३३औँ बैठकको निर्णयअनुसार बोलाइएको उक्त सभामा आर्थिक वर्ष २०८१/८२ का लागि ८.४२१ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पेश गरिनेछ। यसअन्तर्गत ४ प्रतिशत बोनस शेयर तथा कर समेत ४.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। उक्त लाभांश प्रस्ताव पुस ०२ गते बसेको सञ्चालक समितिको ३२औँ बैठकले गरेको हो।

सभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदनसम्बन्धी प्रस्तावहरू पनि एजेन्डामा समावेश छन्।

विशेष प्रस्तावअन्तर्गत बोनस शेयर जारी पश्चात कायम हुने रु. ५ अर्ब ३० करोड ७७ लाख ९३ हजार ९२० बराबरको चुक्ता पूँजी स्वीकृत गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषय पनि रहेको छ। त्यस्तै, कम्पनी ऐन, २०६३ अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पेश गरिनेछ।

कम्पनीले पुस २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले सो मितिसम्म कायम रहेका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया