NIMB Header 2
Nepal Life

हायात प्लेस बुटवल सञ्चालनको दुई महिनामै पाहुनाबाट उत्साहजनक प्रतिक्रिया

National Life
  • BFIS News
  • 2025 Dec 29 21:29
हायात प्लेस बुटवल सञ्चालनको दुई महिनामै पाहुनाबाट उत्साहजनक प्रतिक्रिया
Sanima Reliance

काठमाडौं। सन् २०२५ लाई भव्य रूपमा बिदा गर्दै गर्दा हायात प्लेस बुटवलले सञ्चालनको छोटो अवधिमै पाहुनाबाट अपार माया र सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ। होटल सञ्चालनको दुई महिनामै प्राप्त भएको यस उत्साहजनक प्रतिक्रियाले सम्पूर्ण टिमलाई थप ऊर्जा र प्रेरणा मिलेको होटल व्यवस्थापनले बताएको छ।

Shikhar
NIMB

हायात प्लेस बुटवलकी मार्केटिङ तथा सञ्चार प्रबन्धक सिमरन सापकोटाका अनुसार होटलको लोकेसन नै पाहुनाको प्रमुख आकर्षण बनेको छ। “प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको संगम रहेको हाम्रो लोकेसनलाई पाहुनाहरूले निकै रुचाउनुभएको छ,” उनले भने।

पवित्र धार्मिक स्थलहरू, प्राकृतिक सौन्दर्य र नयाँ पर्यटकीय अनुभवहरूको केन्द्रविन्दुका रूपमा विकसित हुँदै गएको बुटवलले आधुनिक यात्रुहरूको चाहनालाई पूर्ण रूपमा समेटेको सापकोटाको भनाइ छ। काठमाडौँबाट छोटो हवाई दुरीमा तथा पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख पर्यटकीय सहरहरूबाट पनि सहज यात्राको दूरीमा रहेकोले हायात प्लेस बुटवल यात्रुहरूका लागि ‘द प्लेस इनबिट्विन’ अर्थात् यात्रा र गन्तव्यको बीचको संगम स्थलका रूपमा स्थापित हुँदै गएको छ।

आरामदायी बसाइसँगै अर्थपूर्ण अनुभवको खोजीमा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि हायात प्लेस बुटवल सधैं पहिलो रोजाइको गन्तव्य बन्ने लक्ष्यसहित अघि बढिरहेको होटल व्यवस्थापनले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया