NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सका २ लाख कित्ता संस्थापक सेयर लिलामीमा

National Life
  • BFIS News
  • 2025 Dec 31 11:14
नेपाल लाइफ इन्स्योरेन्सका २ लाख कित्ता संस्थापक सेयर लिलामीमा
Sanima Reliance

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका विद्यमान प्रवर्द्धकहरूले २,००,००० कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याउने भएका छन्। कम्पनीका अनुसार उक्त सेयरहरू २०८२ साल पुस १६ गतेदेखि पुस २३ गतेसम्म लिलामी प्रक्रियाबाट बिक्री गरिनेछ।

Shikhar
NIMB

यस लिलामीमा विद्यमान प्रवर्द्धकहरू, सर्वसाधारण लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरूले सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। लिलामीका लागि न्यूनतम बोलकबोल दर प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने न्यूनतम बोलकबोल परिमाण १,००० कित्ता रहेको छ।

लगानीकर्ताले उपलब्ध सम्पूर्ण सेयरका लागि बोलकबोल गर्न सक्ने भए पनि नेपाल राष्ट्र बैंकले तोकेको एउटै व्यक्ति वा संस्थाले धारण गर्न पाउने सेयरको अधिकतम सीमा भने अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

उक्त लिलामी प्रक्रियाको व्यवस्थापक (अक्सन म्यानेजर) का रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। लगानीकर्ताले लिलामीसम्बन्धी विस्तृत जानकारी तथा आवश्यक प्रक्रिया मुक्तिनाथ क्यापिटलमार्फत प्राप्त गर्न सक्नेछन्।

कम्पनीको प्रवर्द्धक सेयर लिलामीमा आएको यस अवसरले बीमा क्षेत्रप्रति चासो राख्ने लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया